निजीक्षेत्रको ईन्टरनेट प्रकायक कम्पनी सुविसुले आफ्नो पाँचौं सेल्स आउटलेट राजधानीको कलङ्कीमा सञ्चालनमा ल्याएको छ । आउटलेट कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गरेको उक्त अाउटलेटबाट कलंकी तथा यसक्षेत्र वरिपरिका ग्राहकहरुलाई सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवापछिको After Sales Support आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने बताएको छ ।

कम्पनीले यस Station को स्थापनासगैं हाल Subisu Station हरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीबाट समेत सेवा दिने बताएको छ । साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना रहेको बताएको छ ।
सुबिसु नेपालको पहिलोपटक तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान कम्पनी हो ।

प्रतिकृया

प्रतिकृया