३० साउन, काठमान्डौ । भारतको ७२ औ स्वतन्त्रता दिवस नेपालमा पनि मनाईएको छ । नेपाल स्थीत भारतीय दुतावासमा एक कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाईएको हो । कार्यक्रममा नेपालका लागी भारतका राजदुत मंजिव सिहं पुरीले भारतको राष्ट्रीय ध्वजा फहराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा राजदुत पुरीले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

कार्यक्रममा १ वीर नारी, ७ एकल महिला,३ मृत सैनीक निकटतम नातेदार र १ भुतपुर्व अपागं भारतीय सेनालाई रु ५.३५ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको थियो ।

त्यस्तै, दुतावासले ६८ वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षीक संस्थाहरुलाई रु १७ लाख बराबरको पुस्तक समेत वितरण गरिएको थियो । दुतावासले विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था, विभिन्न शैक्षीक संस्थाहरुलाई ३० वटा एम्बुलेनस र ६ वटा बसहरु उपलब्ध गराएको थियो ।

नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुको साथै हजारौ विद्यार्थीहरुको आवश्यकता पुर्ती गर्ने उद्धेश्यले हालसम्म भारत सरकारले नेपालका विभिन्न अस्पताल र परोपकार संस्थाहरुलाई ६९२ वटा एम्बुलेनस र १३६ वटा बस उपलब्ध गराईसकेको छ ।

७२ औ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा भारतीय दुतावासका कर्मचारीहरु, नेपाली तथा भारतीय नागरिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रिय विद्यालय र मोर्डन ईन्डीयन स्कुलका विद्यार्थीहरुले विभिन्न बोलका देशभक्ती गीतहरु गाएका थिए । नेपाली सेना ब्यान्डले मधुर प्रस्तुती राख्दै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया