नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अब विद्यार्थीको नेतृत्व विद्यार्थीले नै गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघ गोरखा काठमाडौं सम्पर्क समितिको उद्घाटन गर्दै नेता महतले ३२ वर्ष भन्दा माथी उमेर पुगेकाहरुलाई नेविसंघको नेतृत्वमा नआउन सुझाव दिएका हुन् ।

नेविसंघको अधिवेसन भदौ २ गतेपछिको महिना भित्र गर्न पार्टीले नेतृत्व निर्देशन दिइसकेको उनको भनाई थियो । उनले पार्टीको सवै भन्दा शसक्त भातृसंगठन नेविसंघ भएकाले सवै मिलेर जान सुझाव दिए ।

उनले मुलुकको नेतृत्व पाँच वर्षपछि पुन कांग्रेसले गर्ने दावी समेत गरे ।महतले स्वतन्त्र न्यायलयलाई आफु अनुकुल केपी शर्मा ओली नेतृत्वको सरकारले चलाउन खोजेको आरोप समेत लगाए । ओलीले दुई तिहाइको धम्की देखाएर न्यायाधीशहरुलाई फैसला गर्न बाध्य बनाएको उनको भनाइ थियो ।

प्रतिकृया

प्रतिकृया