काठमाडौँ । दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्सलाई बेचिएको छ ।
विदेशमा बस्ने दर्शकलाई हेर्नका लागि नयाँ प्रविधी निर्माण गर्ने कोशिस भइरहेको भन्दै निर्माण पक्षले चलचित्रलाई युटुबमा बेचेको छैन । मतलब कि अब यो फिल्म सम्भवत: युटुबमा आउने छैन् ।

हाइलाइट्स नेपाललाई १ करोडमा यो चलचित्रको ओभरसिज राइट्स बेचिएपछि यो चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेभएको छ । चलचित्रको ट्रेलर र गीत पनि हाइलाइट्स नेपालकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिकामा रहेका छन् ।

प्रतिकृया

प्रतिकृया