काठमाडौं । गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले न्युनतम् ज्यालको सीमामा वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई स्वीकृत गर्दै साउदी अरबमा काम गर्न जाने कामदारका लागि न्यूनतम ज्याला बृद्धी भएको छ ।  ६ वर्षपछि
बृद्धी भएको छ ।  न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन गरेको हो ।

न्यूनतम ज्याला १ हजार रियाल र खाना भत्ताबापत ३०० रियाल नदिई नेपाली कामदार साउदी लैजान पाइने छैन । तोकिएको तलव सुविधा नभएमा श्रम स्वीकृति नै दिइनेछैन ।

यसअनुसार खाने सुविधासहित नेपाली कामदारको सुविधामा करिब ९ हजार रुपैयाँले वृद्धि भएको छ । यसअनुसार अब नेपाली कामदारलाई ३० हजार रुपैयाँ तलव नदिई साउदी लैजान पाइने छैन । खानका र बस्नका लागि ९ हजारसम्म खर्चिनुपर्नेछ । मन्त्रालय स्रोतकअनुसार साउदी सरकारसँग विभिन्न चरण्मा छलफल गरेर ज्यादरमा वृद्धि गरिएको हो । त्यसका लागि मन्त्री बिष्टले नै पहल गरेका थिए ।

नयाँ तलवमानअनुसार नेपाली कामदारले अधिकतम् ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।

यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेको थियो । नयाँ व्यवस्था अनुसार ज्यालामा २ सय रियाल र खाना भत्तामा १ सय रुपैयाँ गरी ३०० रियाल बढी नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने ब्यवस्था समेत लागु गरिएको छ ।

प्रतिकृया

प्रतिकृया