काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको लागि अर्काे
छानबिन समिति गठन भएको छ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न डीआर्इजी धिरु बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ समिति गठन गरिएको हो ।

यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गर्ने छ र त्यसको यथाशीघ्र प्रतिवेदन बुझाएर बाँकी अनुसन्धान सुरुगर्ने छ ।
घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन प्रहरी अतिरिक्त महानिरीक्षक ९एजआईजी० बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति गठन गरिएको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया