काठमाडोँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको फ्लुको लागि डाक्टरको अभावका कारण उपचार सेवा प्रभावित भएको छ । १ जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको नगरपालिकामा फ्लुको उपचार गर्न विशेषज्ञ डाक्टरको अभाव भएको हो ।

त्यस नगरपालिकामा छ । ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणबाट तीन बालिकासहित पाँच जनाको ज्यान गइसकेको छ । २ हजार १ सय जनामा ज्वरो, रुघाखोकी लगायतको समस्या देखिएपछि नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरिएको छ ।

विशेषज्ञ डाक्टरको निगरानीमा मात्र फ्लुको औषधी चलाउनु पर्ने भएकोले विशेषज्ञ डाक्टरको अभाव हुँदा उपचारमा आवश्यक औषधी चलाउन अन्यौल भएको बताइएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले चार दिनअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालका डाक्टर रञ्जित झाको नेतृत्वमा दुई सदस्यीय टोली पनि प्रभावित क्षेत्रमा खटाएको थियो । तर, उक्त टोली प्राथमिक स्वास्य केन्द्र कञ्चनपुरमा पुगेर १० मिनेटपछि नै फिर्ता भएको थियो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा सप्तरीका सीडीओ सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या घट्दो दरमा रहेको र भयावह अवस्था नरहेकाले डा. झाको टोली फिर्ता भएको बाताएका छन् ।

कञ्चनपुरमा अहिले गम्भिर समस्या भएका बिरामीहरुको संख्या घट्ने क्रममारहेको छ ।

प्रतिकृया

प्रतिकृया