विराटनगर ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका डीएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् ।

त्यस्तै साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई भने उच्च अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

सुन तस्करी र सनम शाक्य हत्यालगायतको अभियोगमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाए पनि अभियुक्तले उच्च अदालतमा अपिल गरेका थिए ।

यसअघि गत शुक्रबार उच्च अदालतले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

प्रतिकृया

प्रतिकृया