भारतबाट आएको एक हतियारधारी समूहले सुनसरीको भुताहामा एक शिक्षकको हत्या गरेको छ ।

प्रहरीकाअनुसार स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । गोली लागेर एक जना प्रहरी समेत घाइते भएका छन् ।

नेपाल—भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

प्रतिकृया

प्रतिकृया