कास्की । पोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।

गए।ाती आफ्नी कान्छी श्रीमती श्रीमायाको हत्या गरेर उनी बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । ऐनबहादुरकी जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनको परिवारमा अन्य सदस्य नरहेको बताइएको छ ।

श्रीमतीको हत्या गरेर गुरुङ फरार भएको सूचना पाएलगत्तै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङसहित विशेषज्ञ र कुकुरसहितको टोली खोजीमा खटिएको थियो ।
गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेपछि आफूले ढुंगाले तीन पटक टाउकोमा हानेपछि उनको मृत्यु भएको उनले बताए ।उनले भने, ूढुंगाले हानेपछि मर्‍यो कि मरेन भनेर मैले पानी खुवाए तर उनी नचलमलाएपछि मैले त्यएक रात त्यहीँ बिताए विहान भने पक्राउ पर्ने डरले खोला पारी गएर लुके ू ।
ऐनबहादुर घर बनाउने मिस्त्रीको काम गर्दछन् ।

प्रतिकृया

प्रतिकृया