मोरङ । गत शनिबार बेलबारी नगरपालिका-२, लालभित्तीमा झुण्डिरहेको अवस्थामा पूर्वराष्ट्रिय पञ्चायत सदस्य ९पूर्वसांसद० कर्णबहादुर धिमालकोशव फेला परेको थियो । दशैंको मुखमा ७० वर्षे धिमालले आफ्नो एकतले घरको बुइँगलमा शनिबार राति डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
आफू जीवितै हूँदा अस्पताललाई शरीर दान दिने घोषणा गरेका धिमालको मृत शरीर धरानस्थित वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले नमानेपछि परिवारजनलाई नै फर्काइदिएको थियो ।उनले राति कोठाबाट बाहिर निस्केर बुइँगलमा पासो लगाएको बताइएको छ । डोरी बाँध्ने ठाउँ अलि अग्लो भएकाले मुढा राखेर चढेका हुनसक्ने लासको छेउमा रहेको मुढाले संकेत गथ्यो ।

प्रहरीले लास उठाइसकेपछि पोष्टमार्टमका लागि धरान घोपा (वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान० पठाएको थियो । उनका छोरा अभिमन्युले म बेलुकासम्म आइपुग्छु भनेका थिए । उनी मोटरसाइकलमै काठमाडौंबाट आइपुगे । उनका परिवारमा श्रीमती, बुहारीपनि रहेका छन् । उनीहरु काठमाडौँमा बस्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया