काठमाडौं ।बुधबार नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। दुर्गा भगवतीकी आठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ ।महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो ।

आजको दिन मांसहारी हिन्दु धर्मावलम्बीहरुले आ(आफ्नो गच्छेअनुसार घर घरमा खसी, राँगा, सुँगुर, कुखुरा, हाँस, भेडा, च्याङ्रा इत्यादि काटेर मासु खाने गर्दछन् भने साकाहारीले दही, केरा, चिउरा, घिऊ इत्यादि परिकार खाएर चाडबाड मनाउने गर्छन् ।

अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ।

मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ। महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र ९हातहतियार०को पूजा गर्ने चलन पनि छ। नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती ९चण्डी० पूरै पाठ गर्छन्। अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ।
महागौरीको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने विश्वास हिन्दू सम्प्रदायमा छ । महागौरीले देवी पार्वतीका रुपमा भगवान शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् ।

महाअष्टमीको दिन महिलाले आफ्नो पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन् । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक(फरक हुने गर्छ ।
अष्टमीको दिन महागौरीलाई बली दिइन्छ ।महागौरीलाई बलि दिएपछि मात्रै घर घरमा दशैंको रौनक शुरु हुन्छ ।

प्रतिकृया

प्रतिकृया