काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई दशैंको अवशरमा टीका लगाइदिने भएका छन् । विगतमा राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने गरेको भएपनि यस पटक प्रधानमन्त्रीले समेत टीका लगाइदिने भएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।

त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन् । दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।

प्रतिकृया

प्रतिकृया