राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छिन् । बिहान ९ बजेर ५१ मिनेटको शुभ साइतमा उनले आमाको हातबाट टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिलाई आमा मिथिलासँगै काका जयन्त पाण्डेले टीका र जमरा लगाइदिएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपतिले शीतल निवासमा टीका र जमरा ग्रहण गर्नु अगाडि हनुमानढोकामा रहेको दसैं घरमा मुल पुरजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले १ बजे प्रधानमन्त्री र दिउँसो ३ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रतिकृया

प्रतिकृया