काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गरेका छन् ।

पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा लगाएका हुन् ।

आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

प्रतिकृया

प्रतिकृया