काठमाडौँ । चलचित्र ‘समर लभ’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । युवा मन भनेर चिनीने चर्चीत उपन्यासकार, कथाकार एवं साहित्यकार सुविन भट्टराइको समर लव उपन्यास हो । उनले २ बर्ष अगाडि समर लभ को चलचित्र बन्ने घोषणा गरेका थिए । समर लभ उपन्यासमा आधारित प्रेम दिवसलाई लक्षित गर्दै यो चलचित्र माघ २५ गतेबाट रिलिज हुने भएको छ ।

यससँग चलचित्रको फष्ट लुक पनि सार्वजनीक गरिएको छ । मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई केन्द्रित गरेर निर्माण पक्षले फस्ट लुक सार्वजनीक गरेको छ । साथमा कलाकार सुरज सिंह ठकुरी र नायिका नम्रता सापकोटा पनि फस्टलुकमा अटाएका छन् ।

सुविन र सामिप्यको संवाद रहेको चलचित्र नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा सुबिनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन् । स्वपन सरकार र मनोज बिक सह–निर्माता रहेको चलचित्रका लाइन प्रोड्यूसर एकराज तामाङ हुन् । चलचित्रमा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।
आशिष र रेवतीको डेब्युचलचित्र समर लभले दर्शकको मन कति सम्म भिजाउ सक्छ त्यो ब रिलीज भएपछि मात्रै थाहा हुने छ । आशिष चलचित्रमा आउनु अगाडि मोडलिङमा व्यस्त थिए भने रेवती भारतको तर्फबाट ‘मिस इन्टरनेशनल’ विजेता हुन् । उनले भारतमा केही चलचित्रमा अभिनयको अनुभव संगालिसकेकी छिन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । यो चलचित्रलाई मुष्कान ढकालले निर्देशन गरेका हुन् । मुस्कानले ‘नाई नभन्नु ल ३’ निर्देशन गरेका थिए ।

प्रतिकृया

प्रतिकृया