रुपन्देही । मंगलबार रुपन्देही जिल्लाका सरकारी वकिल कार्यालय प्रमुख घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले कार्यालय प्रमुख कोषहरी जिल्ला न्यायाधिवक्ता निरौलालाई सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका अनुसार निरौलाले ठगी मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ८० हजार रूपैयाँ घुस लिएका थिए।

अख्तियारको टोलीले निरौलालाई मंगलबार विहान कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने बताइएको छ ।

प्रतिकृया

प्रतिकृया