काठमाडौँ। नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । पाकिस्तान सुपर लिग टिम लाहोर क्वालान्डर्सले २०१९ संस्करणको लागि आज खेलाडीको ड्राफ्ट जारीगर्दै सन्दीपलाई पनि छानेको हो।

सन्दीपलाई लाहोर क्वालान्डर्सले ५० हजार भन्दाबढी डलर ५७ लाख भन्दाबढी रुपयाँ को मुल्यमा किनेको बताइएको छ । सन्दीपले क्वालान्डर्सबाट न्युजील्याण्डका खेलाडी ब्रेनडम म्याकुलमको कप्तानीमा खेल्ने भएका हुन् ।

सन्दीप आइपिएल, क्यानाडा ग्लोबल टी(२०, क्यबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, अस्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिगपछि पाकिस्तान प्रिमियर लिग खेल्ने भएका छन्।

प्रतिकृया

प्रतिकृया