नोभेम्बर २९ अर्थात अबको एक हप्तापछि प्रदर्शनमा आउने फिल्म २.० ले फिल्म ‘बाहुबली २’को रेकर्ड तोडेको छ। अक्षय कुमार र रजनीकान्त स्टारर यो फिल्म बलिउड फिल्म उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको फिल्म हो ।

फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको सिक्वेल हो। यो फिल्म भारतमा मात्र ६६ सय देखि ६८ सय हलमा एक साथ प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबकी ‘बाहुबली २’ भारतका ६५ सय हलमा प्रदर्शन भएको थियो। यस्तोमा प्रदर्शन अगावै अक्षयको फिल्मले नयाँ रेकर्ड बनाएको छ। त्यस्तै, २ घण्टा २८ मिनेट लामो यो फिल्मले पहिलो दिन ३३ हजार शो पाएको छ। जबकी बाहुबली २ ले ३१ हजार शो मात्रै पाएको थियो। रिलिजभन्दा पहिले नै २ सय करोड कमाईः २.० को सेटलाइट राइट्स (हिन्दी, तमिल र तेलुगु गरी) करिब ११० करोड रुपैयाँमा विक्री भएको छ।

सञ्चारमाध्यमको रिपोर्टअनुसार थिएट्रिकल राइट ८० करोड रुपैयाँमा विक्री भएको छ। यसरी फिल्मले प्रदर्शनअगावै २ सय करोड पनि कमाइ सकेको छ। एडभान्स बुकिङ्गमा पनि रेकर्ड:  फिल्म ‘२.०’ले प्रदर्शनभन्दा पहिलै एउटा अर्को रेकर्ड पनि बनाएको छ। यो फिल्मका लागि १२० करोड रुपैयाँको अग्रिम बुकिङ्ग भइसकेको छ। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तमिल सिनेमाको इतिहासमा १ सय करोडको आँकडा पार गर्ने पहिलो फिल्म बनेको छ। फिल्म २.० मा अक्षय कुमार, रजनीकान्त, एमी ज्याक्सनको मुख्य भुमिकामा छन्।

यस फिल्ममा अक्षयकुमार नकारात्मक भूमिकामा छन्। यो भूमिकाका लागि उनले ५२ करोड पारिश्रमिक लिएको बुझिएको छ । चलचित्रका निर्माता ए सुभासकरन, राजु महालिंगम हुन्। चलचित्रका निर्देशक एस शंकर हुन् भने संगीत एआर रहमानको छ। फिल्ममा रजनीकान्त, अक्षयकुमारका साथमा, एमी ज्याकसन, सुधांशु पाण्डे, आदिल हुसेनलगायतका कलाकार छन्।

प्रतिकृया

प्रतिकृया