हेड्लाईन सम्वाददाता
काठमाण्डौ– नेपाल र भारतबीचको सम्बन्धकै कारण नेपालमा रेल ल्याउन भारत उत्सुक रहेको बताईएको छ । नेपाल र भारतबीच बहुआयामिताबाट गाँसिएको तथा बाँधिएको मित्रराष्ट्र पनि हो । नेपालको लागि आएका भारतीय राजदूतहरुमध्ये सबैभन्दा सन्तुलित भूमिका निभाउँदै आएका भारतीय राजदुत मञ्जिवसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आउँदा होस् वा अन्य सामरिक परियोजनामा सन्तुलित भूमिका खेल्दै आएका छन् । उनकै अग्रसरतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट पशुपतिनाथ मन्दिर परिसरमा धर्मशाला निर्माणपश्चात उद्घाटन गराएका थिए । पछिल्लोसमय नेपालको रेलमार्गको सपना पनि भारतको सहयोगबाट सम्पन्न हुने विश्वास दिलाउँदै आएका राजदूत पुरीले त्यसका लागि चासो दिन थालेको विश्लेषण हुन थालेको छ ।  
 
भारतीय प्रधानमन्त्री मोदी विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा पशुपति धर्मशालाको उद्धघाट्न गरेका थिए । राजदूत पुरीले ‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्धघाट्न गर्ने कार्यक्रम भयो । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’
 
 
 
राजदूत पुरीको नेपालले पर्यटनको विकास गर्न सकिए यसले आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बुझाई राखेका छन् । साथै उनले यसमा भारतको सहयोग पुग्ने विश्वास दिलाउँदै पनि आएका छन् । उनी भूगोल र जनसङ्ख्याले नेपाल र भारतबीच फरक भएतापनि बहुआयामिकताम समान रहेको बुझाई राख्छन् । यसै प्रसङ्गमा उनले भनेका छन्, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक सबैखाले सम्बन्ध सदियौंदेखि रही आएको छ । अहिले पनि नेपाल भएर हजारौंको सङ्ख्यामा भारतीय पर्यटकहरुले मानसरोवरको तिर्थाटन गरिरहेका छन् । यसले आर्थिक विकासमा ठूलो टेवा पुर्याएको छ ।’
 
नेपालप्रति भारतीय प्रधानमन्त्री मोदीको पनि झुकाव रहेको साङ्केतिक रुपमा व्यक्त गरेका राजदूत पुरीले भारतीय प्रधानमन्त्री चार पटक नेपाल आएको बताए । उनले भने, ‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिलोनीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । नेपालको जस्तोसुकै समस्यामा पनि भारतको हमेशा साथ र सहयोग रहन्छ । नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ ।’
 
मोदीले आफ्नो कार्यकालमा चारपटक नेपाल भ्रमण गर्नु आँफैमा महत्वपूर्ण रहेको उनको भनाई छ । उनले भने, ‘नेपाल र भारतबीचको नाता विशेष छ । मोदी चौथोपटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुद छ भन्ने कुराको पुष्टि गर्छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’
 
नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब आर्थिक रुपमा अझै मजबुद भएर अघि बढाउनुपर्ने उनको सुझाव छ । सुदृढ नेपाल र सुखी नेपाली बनाउने अभियानमा भारतको सधैं साथ र सहयोग रहने उनको विश्वास छ ।
 
नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा विभिन्न आयामहरु रहेको उल्लेख गर्दै उनले भने, ‘अब त क्रिकेटले पनि हाम्रो सम्बन्ध मजबुद बनाएको छ । नेपालले ओडिआई खेल्यो । क्रिकेटमा नेपालले धेरै ठूलो प्रगति हाँसिल गरिरहेको छ । नेपालीहरुको क्रिकेटप्रति क्रेज ह्वात्तै बढेको छ । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले आईपिएल खेल्दा नेपालीहरुमात्रै होईन, भारतीय जनतापनि खुशी भएका थिए । लामिछानेको शानदार प्रर्दशनले हामी भारतीय जनतापनि खुशी छौं । नेपाल–भारत सम्बन्धमा अब क्रिकेटपनि नयाँ शक्तिको रुपमा उदय भएको छ ।’
 
हुलाकी राजमार्गलगायत नेपालमा ठूलो परियोजनाहरु भारतीय सहायतामा निर्माणाधिन रहेको बताए । यसैगरी भारतले नेपाललाई यसअघि नै हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्नको लागि ४० करोडको चेक दिईसकेको छ । त्यस्तै भुकम्पपछिको पूर्ननिर्माणको लागि २ सय १० करोड रुपैयाँ दिईसकेको छ । अरु किस्ताहरु भने नेपाललाई छिट्टै उपलब्ध हुने बताईएको छ । 
 
यसअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अरुण तेस्रो जलविद्युत आयोजनाको शिल्यान्यास भएको थियो । दुबै मुलुकभित्र द्विदेशीय सम्बन्धलाई समयसापक्ष अगाडि बढाउन नेपाल–भारत आदान–प्रदानको लागि रेलमार्ग अघि बढाउनुपर्ने वहस हुन थालेको छ । जसमा राजदूत पुरीले भनेका छन्, ‘आर्थिक वृद्धि हाँसिल गर्नको लागि पनि रेलवेले महत्वपूर्ण योगदान पुर्याउँछ । जयनगरदेखि जनकपुरसम्म त रेलवे लाईन विछ्याउने काम भैसकेको छ । आगामी केही महिनामै नेपालमा रेल सञ्चालनमा आउँछ । जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन गर्नुपर्छ ।’ 
 
आगामी १० देखि १२ वर्षभित्र भारत र नेपाल रेलमार्गबाट पनि पूर्ण रुपमा जोडिने उनको दाबी थियो । त्यस्तै पुरीले विराटनगरबाट ईण्डो–नेपाल रेल छोडिने बताएका छन् । यसले भारतीय रेल सञ्जालसँग जोड्नपनि महत्वपूर्ण भूमिका खेल्छ । निर्यात तथा आयात बढ्छ नेपाल–भारत दुबैले अपेक्षा राखेका छन् । नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा प्राचीन सभ्यता रहेको छ । यद्यपि अब यो सम्बन्ध आधुनिकताबाट अघि बढ्न थालेको देखिन्छ । 
 
राजदूत पुरीले भारत यो अवस्थामा आईपुग्नको लागि नेताहरुले धेरै प्रयत्न र संघर्ष गर्नुपरेको स्मरण गर्दै नेपालले पनि प्रयत्न गर्दा समृद्धितर्फ लम्कने ठहर गरेका छन् । 
 
उनले केही समय पहिलेसम्म भारतमा सडक तथा विद्युतको समस्या भएपनि अहिले आफूहरु विद्युतमा आत्मनिर्भर भैसकेको र नेपालको पनि आवश्कत्ता पूर्ति गरिरहेको सुनाएका छन् । 
 
नेपाल–भारतबीच पछिल्लोसमय वाटर वेजमा पनि सहकार्य गर्नुपर्ने वहस छिडिन थालेको छ । पछिल्लो वहसअनुसार नेपालसँग भारत गङ्गा, गण्डक र कोशीलगायतमा वाटर लिङ्केजमार्फत जोडिन खोजेको छ । 

प्रतिकृया

प्रतिकृया