महोत्तरी । महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतलासम्म जताततै मासुको पोको ९डल्लो० पलाएको छ । उहाँको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् ।

आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीलेसमेत घिन मानेपछि स्कूल पढ्दापढ्दै १० कक्षा पास नगर्दै आफ्नो पढाइको यात्रालाई उहाँले टुङ्ग्याउनुप¥यो । “साथीहरु मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिन, स्कूल जानै छाडेँ । सँगै पढेका साथी अहिले कहाँ कहाँ पुगिसके”, उहाँले गुनासो गर्नुभयो ।

उहाँले शिरदेखि पैतलासम्म जताततै मासुको पोको ९डल्लो० छ । मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुका थैला सुत्दा, बस्दा पोको पेलिएर असह्य दुख्छ । सुत्न बस्न नमिलेर छटपटिँदै रात काट्दाको सकस बयान गरी साध्य नभएको उहाँ बताउनुहुन्छ ।

“जिउभरि फोकैफोका छन्, सानोतिनो कामबाहेक अरु केही गर्न सक्दैनन्, गहुँ्रगो वस्तु बोक्न–उठाउन पनि सक्दैन तर के गर्नु श्रीमान् हो, माया त आखिर लाग्छ नै’’ धनेश्वरकी श्रीमती तिलादेवी महतो बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को अवस्था हेरेर उहाँभन्दा बढी पीडा आफूलाई नै महसुुस हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ ।” उहाँ थप्दै भन्नुहुन्छ, “ज्यान यस्तो छ, औषधि उपचार पनि नगरेको होइन, हजारौँ रुपैयाँ खर्च भइसक्यो तर, अलिकति पनि ठीक हुने नामै छैन । ठीक भइदिए त अर्को जुनी पाएको जस्तो हुन्थ्यो ।”

उहाँको यो समस्या जन्मजातदेखि नै हुन् । धनेश्वरको शरीरमा जन्मदै औँलामा एकमात्र गिर्खा थियो । उहाँ झण्डै एक वर्षको हुँदा घरपरिवारले त्यो गिर्खालाई लौवा ९हजाम० बाट काट्न लगाएपश्चात् दिनदिनै शरीरभरि मासुको डल्ला पलाएको आमा रामवति देवी महतोले सुनाउनुभयो । उहाँले भन्नुभयो, “जन्मदा दाहिने हातको एउटा औँलामा एउटा गिर्खा मात्र थियो, पछि त्यसलाई काटेपछि विस्तारै शरीरभरि नै मासु पलायो”, उहाँले भन्नुभयो, “कष्टदायी आवाजमा व्यथा सुनाउँदै थप्नुभयो, “हामीले त हातमा हुँदा राम्रो देखिँदैन, तेल मालिस गर्नसमेत असहज हुन्छ, त्यही भएर काट्न लगायौँ तर त्यसको पाप हामीलाई छोडेर मेरो छोरालाई लाग्यो”, भन्दै भक्कानिनुभयो ।

भनिन्छ, दैव नै दाहिने भएन भने कसको के लाग्छ र १ दैवको देन होस् वा मेरो कर्मको फल जे छ त्यो त छँदैछ, तर मैले जस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने भगवान्सँग कामना गर्छु । यो निको नहुने रोगको भूमरीमा अथाह दुःख कष्टका साथ जीवनमा जिउने भन्ने मैले अठोट गरिसकेको छु”, धनेश्वरले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, ‘‘अपाङ्गताका नाममा विभिन्न संस्थाहरु खुलेका छन्, सरकारले पनि ठूलो धनराशि खर्चेको छ तर मजस्ता व्यक्तिका लागि अहिलेसम्म कुनै सहयोग आइपुगेको छैन ।’’

वर्षौंदेखिको यो अथाह पीडाको सागरमा उहाँलाई घरपरिवार तथा छोराछोरीले पनि असाध्यै माया एवं स्नेह दिँदै आएका छन् । ‘‘परिवारकै मायाले मलाई बाँच्ने हिम्मत बढेको छ’’ उहाँले भन्नुभयो ।रासस

प्रतिकृया

प्रतिकृया