नेपाल र भारतबीच औपचारिक रुपमा सम्बन्ध जोडेको पनि कयौं वर्ष भईसकेको छ । तर सदियौ वर्षअघिदेखि नै अनौपचारिक रुपमा नेपाल–भारत सम्बन्ध जीवन्त रहँदै आएको छ । यसै सम्बन्धलाई अझै जीवन्त कायम राख्नको लागि जनकपुरधाम र भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्याबीच ‘जुम्ल्याहा शहर’ घोषणाको तयारी भएको छ । 


हेड्लाईन सम्वाददाता
मंसिर १९, काठमाण्डौ– नेपाल र भारतबीच अनादीकालदेखि निरन्तर सम्बन्ध कायम रहँदै आएको संस्कृतिविद्हरुले बताउँदै आएका छन् । नेपाल र भारतबीच औपचारिक रुपमा सम्बन्ध जोडेको पनि कयौं वर्ष भईसकेको छ । तर सदियौ वर्षअघिदेखि नै अनौपचारिक रुपमा नेपाल–भारत सम्बन्ध जीवन्त रहँदै आएको छ । 
 
यसै सम्बन्धलाई अझै जीवन्त कायम राख्नको लागि जनकपुरधाम र भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्याबीच ‘जुम्ल्याहा शहर’ घोषणाको तयारी भएको छ । भारतीय सञ्चार माध्यमहरुले मङ्गलबार जनाएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम–जानकी विवाहात्सवका अवसरमा यही मंसिर २६ गते गर्ने जनकपुरधाम भ्रमणका क्रममा यो समझदारीमा हस्ताक्षर हुन लागेको हो । यसले नेपाल र भारतबीच साँस्कृतिक रुपमा मात्रै नभई भावनात्मक रुपमा पनि कसिलो हुने धेरैको अनुमान छ ।
 
नेपाल र भारतबीच सांस्कृतिक रुपमा यतिनिकट छन् कि, जनकपुरधाम–अयोध्यालाई ‘जुम्ल्याहा शहर’को रुपमा प्रस्तुत गर्न उत्तरप्रदेशका मुख्यमन्त्री योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा नेपाल आउँदै छन् । मुख्यमन्त्री योगीले आइतबार यस सम्बन्धमा नेपालबाट आफूलाई भेट्न गएको एक प्रतिनिधिमण्डलसँग ‘जुम्ल्याहा शहर’को बारेमा हस्ताक्षर हुने जानकारी गराएको भारतीय टेलिभिजन च्यानल एनडीटीभीले जनाएको छ ।
 
उनले भारतमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो नेपाल भ्रमण साँस्कृतिक हुने र त्यसले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत गर्ने जनाइएको छ । जनकपुरधाममा विवाहात्सवसम्बन्धी कार्यक्रम आउँदो शुक्रबारबाट शुरु हुँदैछ ।  
 
मुख्यमन्त्रीको नेपाल भ्रमणलाई ध्यानदिँदै जनकपुरधाम उप–महानगरपालिकाको सुरक्षास्थिति कडा बनाईएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले मङ्गलबार जिल्लामा सुरक्षाको व्यवस्था चुस्त पारिसकेको जानकारी दिएका छन् ।  
 
प्रदेश सरकारसँगको समन्वयमा सबै काम राम्रोसँग भर्इरहेको जनाउँदै विवाहात्सवको कार्यक्रम यही मंसिर २१ गतेबाट शुरु भर्इ २७ गतेसम्म जारी रहने उल्लेख गरेका छन् । उद्यपि, जनकपुरधाम र अयोध्यालाई ‘जुम्ल्याहा नगर’का रुपमा अघि बढाउने समझदारीमा हस्ताक्षर हुने विषयमा भने आफूलाई जानकारी नभएको प्रजिअ कँडेलले बताएका छन् ।  
 
नेपालका र भारतका शहरहरुलाई ‘जुम्ल्याहा शहर’को रुपमा मात्रै होईन यसअघि पनि नेपालका विभिन्न शहरहरुको सम्बन्ध विश्वका विभिन्न शहरहरुसँग नेपाल सरकारको स्वीकृति लिएर भगिनी सम्बन्ध स्थापना गर्ने चलन पुरानै हो । ‘जुम्ल्याहा शहर’को रुपमा विकास गर्ने बारेमा भने नेपालका हकमा यसपाली पहिलोपटक हुनलागेको हो । नेपाल र भारतबीच पुरानो सम्बन्ध त्यसमा पनि जनस्तरबाटै भाषिक, साँस्कृतिक र भौलोगिक सम्बन्ध कायम रहेको अवस्थामा यस्तो समझदारी हुन लागेको छ ।   
 
 
हुनतः जनकपुरधाम र अयोध्याबीच ‘जुम्ल्याहा शहर’को सम्बन्ध राख्ने बारेमा कुनैपनि कुरा नभएको जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुङ्गानाले बताएका छन् ।  तर उनले जनकपुर र अयोध्याबीच यसअघिदेखि नै भगिनी सम्बन्ध (सिस्टर सिटी) सम्बन्ध स्थापना भएको र त्यसको नवीकरण भर्इसकेकोले बताएका छन् । 
 
सिस्टर सिटी र ट्विन सिटीको सम्बन्ध उस्तै खालको भएपनि यसमा नेपालले औपचारिक प्रतिकृया भने दिएको छैन । तर मङ्गलबार भारतीय सञ्चार माध्यममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणका क्रममा सोसम्बन्धी समझदारी हुन लागेको प्रशारण तथा प्रकाशन गरिसकेका छन् । 

प्रतिकृया

प्रतिकृया