अपराधिक समुह बनाएर सुन तस्करी गरेको र भरिया सनम शाक्यको अपहरणपछि हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका नेपाल प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत बिराटनगरले साधारण तारेखमा थुनामुक्त्त गर्न आदेश दिएको छ ।

२० मंसिरमा उच्च अदातलत बिराटनगरका न्यायाधीश थीरबहादुर कार्की र जनकराज पाण्डेको संयुक्त्त इजलासले जिल्ला अदालत मोरङको आदेशबाट पुर्पक्षकालागि कारागारमा रहेका तात्कालिन महानगरीय अपराध महाशाखामा कार्यरत निलम्बित सञ्जेललाई थुनामुक्त्त गर्न आदेश गरेको हो ।

गत ८ जेठमा जिल्ला अदालत मोरङले गरेको आदेश रितपुर्वकको नदेखिएकोले अभियुक्त्त सञ्जेललाई साधारण तारेखमा बाहिर बसेर पुर्पक्ष पाउनेगरि अदालतले छाड्न अन्तिम आदेश दिएको रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताए ।

जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै रितपुर्वकको आदेश माग गर्दै गत १६ साउनमा सञ्जेलले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उनको निवेदन उपर २५ पटक पेशी सरेपछि २६ औं पटकमा उच्च अदालतले अन्तिम आदेश दिएको हो ।

जिल्ला अदालत मोरङ सुन तस्करी र शनम शाक्य हत्या आरोपमा पुर्पक्षकालागि कारागार पठाउन आदेश गरेकाहरु मध्ये अझै १४ जना थुनुवाहरुको निवेदनमा उच्च अदालत विराटनगरबाट अन्तिम आदेश हुन बाँकी छ । हालसम्म उच्चमा निवेदन गर्ने मध्ये ९ जना अन्तिम आदेशबाट थुनामुक्त्त भइसकेका छन् ।

प्रतिकृया

प्रतिकृया