काठमाडौँ । चलचित्र ‘गोपी’को फष्टलुक सार्वजनीक भएको छ । पोष्टरको मुख्य लिडमा रहेका विपिन कार्कीलाई गाइपालनमा देखाइएको छ । फस्टलुकमा विपिनलाई स्थान दिएर साथमा चलचित्रका अर्का मुख्य २ कलाकार बर्षा राउत, सुरक्षा पन्तलाई पनि फस्टलुकमा देखाइएको छ ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । गोपी नेदेशभर माघ १८ गते प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया

प्रतिकृया