प्रधानाध्यापक जोशीले भने, ‘विद्यार्थीको सिकाई र शिक्षालाई धर्म विज्ञानसँग जोड्न सकेमात्र शिक्षाको समग्र विकास हुन्छ ।’ 


हेड्लाईन सम्वाददाता
पौष ०९, काठमाण्डौ– नेपाल र भारतबीच सबैभन्दा सम्बन्धको घनिष्टता छ भने त्यो धार्मिक र साँस्कृतिकता नै हो । तसर्थ पनि दार्चुलामा महेन्द्र नमूना माध्यमिक विद्यालयको आयोजनामा पहिलोपटक मानसखण्ड दार्चुला महामहोत्सव २०७५ को कलशयात्रामा ५० प्रतिशत भारतीयहरुको पनि सहभागिता देख्न सकिन्थ्यो । निकै झकिझकाउका साथ शुरु भएको महामहोत्सव नेपाल–भारत कलश यात्रा गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सभासदस्य गेल्बुसिह बोहराले उद्घाटन गरेका उक्त धार्मिक महोत्सवमा उल्लेख्य मात्रामा नेपाली र भारतीयहरुको उत्साहपर्धक सहभागिता हेर्न लायक थियो । विद्यालयले पहिलोपटक आयोजना गरिएको महामहोत्सवको कलश यात्रा महेन्द्र नमूना मावि खलङ्गा (महाकाली नगरपालिका) को मूल गेटबाट शुरु भएर भारत उत्तराखण्डको धारचुलाबजार (महाकाली नदीपारी) हुँदै फर्किएको थियो । दार्चुला र धारचुला जोड्ने झोलुङ्गेपूल भएर कलश बोकेको यात्रा भारतको धारचुला बजारमा पुगेको थियो । धारचुला बजार पूरै परिक्रममा गरिएपछि र्याली पुनः महोत्सवस्थल पुगेको थियो ।

सयौको सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको कलश यात्रा भारतको धारचुलातिर गएपछि धेरैलाई नौलो लागेको थियो । यसअघि यस्ता कुनै पनि कार्यक्रममा नेपाल–भारत दुबैतिर ¥याली गरिएको थिएन् ।


सयौको सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको कलश यात्रा भारतको धारचुलातिर गएपछि धेरैलाई नौलो लागेको थियो । यसअघि यस्ता कुनै पनि कार्यक्रममा नेपाल–भारत दुबैतिर ¥याली गरिएको थिएन् ।

भारतीय प्रशासनको अनूमति लिएरै धारचुलामा धार्मिक महामहोत्सवको कलश यात्रा गरिएको महेन्द्र नमूना मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिएका छन् । धार्मिक र्याली भएको र दुईदेशबीच समान सम्बन्ध भएको कारण कलश यात्रा गरिएको बताईएको छ ।

मानसखण्ड धार्मिक महामहोत्सवमा अन्तर्राष्ट्रिय भागवत प्रवक्ता पूज्य किशोरशरण महाराज प्रमुख बाचक रहेका थिए । महायज्ञमा तुलादान, भूमिदान, अन्न दान, गौदान, पितृदानलगायतका सेवाहरु राखिएको थिए । पहिलोपटक सदरमुकाम खलङ्गास्थित महेन्द्र नमूना उच्च माविले प्राविधिक शिक्षा कक्षा सञ्चालन गरेपछि महोत्सवको आयोजना गरिएको विद्यालयले जनाएको छ । खलङ्गामा यस वर्षबाट सिभिलन इन्जिनीयरिङ्ग कक्षा सञ्चालन भएको छ ।

प्राविधिक शिक्षालाई व्यवस्थित र सर्वाङ्गीण विकास गर्न धार्मिक महामहोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए । कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा हाल एक हजार आठसय बढी विद्यार्थी अध्ययनरत छन् ।

‘पछिल्लोसमयका विद्यार्थीलाई शैक्षिकज्ञानको साथै नैतिक ज्ञानसँग जोड्नु जरुरी भएको कारण पनि मानखसण्ड दार्चुला महामहोत्सव आयोजना गरिएको हो,’ उद्घाटन शत्रमा बोल्दै प्रधानाध्यापक जोशीले भने, ‘विद्यार्थीको सिकाई र शिक्षालाई धर्म विज्ञानसँग जोड्न सकेमात्र शिक्षाको समग्र विकास हुन्छ ।’

विद्यालयले आयोजना गरेको महामहोत्सवमा पहिलो दिन जनसहभागिता निराशाजनक उपस्थिति रहेको भन्दै प्रदेशसभा सांसद गेल्बुसिह बोहराले नागरिकको सहभागिताले मात्रै शिक्षाको सर्वाङगीण विकास सम्भव हुने बताए ।

प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा महेन्द्र नमूना माविको घेरपर्खाल निमार्णको लागि पाँच लाख रुपैयाँ र सडक बालबालिकाको संरक्षणका लागि नौ लाख रुपैया बजेट बिनियोजन भइसकेको बोहराले बताए ।

प्रतिकृया

प्रतिकृया