डा. गोविन्दशरण उपाध्याय



  • आजको विश्वमा लगभग ७१०६ भाषाहरू बोलिन्छन्, यीमध्ये करिब २ हजारजति भाषा बोल्नेहरू १ हजार जनाभन्दा कम छन्, विश्वमा सबैभन्दा बढी बोलिने मेड़ेरियन– चिनियाँ भाषा हो ।

  • नेपाली, भारतीय, पाकिस्तानी आदि दक्षिण एसियाली राष्ट्रका मान्छेहरूले आफ्नो मातृभाषाको तुलनामा अंग्रेजीलाई बढी महत्व दिन्छन्, यद्यपि यी सबैजसोका आ–आफ्ना मौलिक भाषाहरू छन् ।

  • मेडेरियन विश्वका प्राचीन भाषाहरूमा पर्छ, कुनै पनि चिनियाँले ‘पुरानो भाषा’ भनेर हेला गर्दैनन्, आज कन्फुसियस सेन्टर खोलेर विश्वभरि फैलाउन कसरत गरिरहेका छन् ।

  • आजको मितिमा ५/७ जना मिलेर माग गर्ने हो भने चिनियाँ दुतावासले चिनियाँभाषा पढाउने शिक्षक निःशुल्क उपलब्ध गराउँछ ।

  • चिनियाँ भाषाभन्दा संस्कृतभाषा निकै पुरानो हो, हाल विश्वभरिमा संस्कृत भाषाभाषीको सङ्ख्या जम्मा ३० हजार हाराहारीमा रहेको अनुमान गरिन्छ । यी संस्कृतमध्ये कसैको पनि मातृभाषा होइन ।

  • संस्कृतभाषाको पहिलोग्रन्थ ऋग्वेद हो । आधुनिक विद्वानहरूले ऋग्वेदको रचनाकाल ई. पू. १५ सय भएको अनुमान गरेका छन् । केही विद्वानहरूले ई. पू. १० हजार पहिले नै ऋग्वेदहरूको रचना भएको भनी प्रमाणित गरेका छन् । वेदलाई अपौरुषेय मान्नेहरू पनि छन् ।

  • दक्षिण एसियाली राष्ट्रहरूको प्राचीन रैथानेभाषा संस्कृत नै हो । आजका मितिमा सम्पूर्ण दक्षिण एसियामा बोलिने भाषाहरूमा संस्कृतको गहिरो प्रभाव मिल्छ ।

  • नेपाली, मैथिली, भोजपूरीमा त ५० प्रतिशत संस्कृत नै राइछाई छ भने नेवारी, गुरुङ्ग सेलो आदि भाषामा पनि २० देखि २५ प्रतिशत संस्कृत भेटिन्छ । यी भाषाहरूबाट संस्कृतका शब्द निकाल्ने हो भने भाषाको स्वरूप नै फेरिन्छ ।

  • संस्कृतभाषामाको पहिलो रचना वेददेखि १८औं शताब्दिसम्म निरन्तर चलि नै रहेको थियो । भारतमा अंग्रेजहरूले १८३५ म्याकेलेको शिक्षा आरम्भ भएपछि एसमा विराम लाग्यो ।

  • तेसपछि संस्कृतभाषामा भएका रचनाहरू थोरै छन् वा काव्य–महाकाव्य सीमित छन्, आयुर्वेद, गान्धर्ववेद, धनुर्वेद, शिल्पआदिमा संस्कृतभाषाको प्रयोग पूर्णतः समाप्त भयो ।

  • विगत १२ हजारवर्षसम्म संस्कृतभाषामा लेखिएका असङ्ख्य ग्रन्थहरू छन् । विद्वानहरूले संस्कृत भाषामा लेखिएका पुस्तकहरूको सङ्ख्या ५७ हजारसम्म भएको अनुमान गरेका छन् ।

  • माइतीघरस्थित आर्काइ सेन्टरमा मात्र करिब ९ हजार हातेकिताबहरू प्रकाशनको लागि प्रतीक्षारत छन्, भने ब्रिटिश पुस्तकालय र तेहाका अन्य पुस्तकालयहरूमा आज पनि हजारौं संस्कृतका किताबहरू रहेको लेखक आफैंले देखेको र हेरेको छ ।

  • भारतीय पुस्तकालयहरूमा पनि यत्तिकैको सङ्ख्यामा हस्तलिखित किताबहरू रहेको अनुमान गरिएको छ । व्यक्तिगत कलेक्शनमा रहेका अप्रकाशित पुस्तकहरूका विषयमा अनुमान नै गर्न सकिन्न ।

  • नेपालमा भने संस्कृत(भाषाको दुर्भाग्य २००७ देखि आरम्भ भएको हो ्र विश्वमा लोकप्रिय हुँदै गरेको साम्यवादले नेपाली समाजमा नेपाली कांग्रेस र नेकपा जन्मायो । यी यी दूबै राजनैतिकधारहरूको स्रोत साम्यवाद नै थियो ्र यी दुवै विदेशीराजनैतिक अनुयायीहरूले ूसंस्कृतूको विरोध गर्नुमा आफ्नो भविष्य देखे ।

  • नयाँविचार राख्ने राजनैतिक दलहरूले ‘संस्कृतभाषा’लाई जातिवादी, छुवाछुतवादी, पुरातनवादी र बाहुनवादको स्रोतका रूपमा अतिरञ्जित गरे । विश्वको प्राचीनतम् जीवित भाषालाई ‘मृतभाषा’को पगरी गुथाए । अंग्रेजभक्त भारतीयहरूले जुनबाटो अपनाएका थिए, ठीक त्यहीबाटो नेपाली राजनैतिकशक्तिहरूले अवलम्वन गरे ।

  • राजा महेन्द्र तथा वीरेन्द्रको शासनमा पनि पश्चिमाको प्यारो बन्न संस्कृतभाषाको मान मर्दैन गर्दै १०२७ सालमा नयाँशिक्षानीति आरम्भ गरे । यो शिक्षानीतिले संस्कृतभाषालाई भाषाकोस्तरबाट तल झारेर ‘कर्मकाण्ड वा बाहुनवाद’को भाषामा स्थापित गर्‍यो ।

  • त्यसपछिका सरकारहरूले संस्कृतभाषाको तेजोवध गर्नमा आफ्नो शक्ति लगाए । कांग्रेस, एमाले तथा माओवादीहरूले संस्कृतभाषाको दोहन गरे । राजा वीरेन्द्रले झारोटार्न स्थापित गरेको संस्कृतविश्वविद्यालयलाई राजनैतिक झगडाको केन्द्र बनाए ।

  • संस्कृत विश्वविद्यालयमा मिलोमतो मै ‘झगडा, तालाबन्दीूको नाटकमञ्चन गर्दै संस्कृतको प्राकृतिक उत्थानमा तगारो हाल्ने गरिन्छ । एस्तो नाटकबाट जनता वाक्क भएका छन् ।

  • बौद्ध, हिन्दू तथा जैनहरूको घरमा जन्मदेखि मृत्युसम्म प्रयोग गरिने संस्कृतभाषाप्रति हिन्दू, जैन, बौद्ध कसैले पनि न्याय गर्न सकेको देखिन्न । बौद्ध तथा हिन्दू विद्वानहरू नै संस्कृतको जरो काट्न प्रेरित गर्ने र काट्न अग्रसर हुने दुर्भाग्यशाली नेपाल नै हो । भारतीयले जे–जेस्तो गरे त्यसको ठ्याक्कै नक्कल गर्नु पर्ने किन ?

  • राजनीतिज्ञ र तथाकथित आधुनिकशिक्षामा दीक्षित भएकाहरूले आलोचना गर्ने ‘पुरोहित’हरूले नै इमान्दारीपूर्वक संस्कृतलाई बोकेर हिँडिरहेको यथार्थ हो । संस्कृतको आधिकारिक ज्ञान भएका पुरोहितहरू थोरै होलान् तर अल्पज्ञानी भएतापनि संस्कृतलाई भित्रैदेखि माया गर्नेहरू कर्मकाण्डी पुरोहित नै हुन् ।

  • संस्कृतभाषा र संस्कृतिको रक्षाका लागि स्वस्फुर्तरूपमा खुलेका गुरुकुलहरू र संस्कृतविश्वविद्यालयलाई समेत उपरोक्त पुरोहितकै सन्तानले धानिरहेका छन् भन्दा कत्ति फरक पर्दैन । चर्कोस्वरमा संस्कृतको कुरा गर्ने तर आफ्ना सन्तानलाई अंग्रेजी विद्यालयमा पढाउने गरेको तीतोसत्य पनि हाम्रै समाजको यथार्थ हो ।

  • यदि संस्कृतले विकसित गरेको सभ्यतालाई कसैले जीवित राखेका छन्, भने ती गाउँकै ब्राहमण नै हुन् । गाउँले कर्मकाण्डी बाहुन नै हुन् । शहरिया पुरोहितले आफुले पुरोहित्याई गरे पनि आफ्ना सन्तानलाई कथंचित कर्मकाण्डको छाँया पनि पर्न दिंदैनन् । गाउँले पुरोहितहरू नै संस्कृतका यथार्थरक्षक हुन् ।

  • आज नेपालको राजनीतिमा पहिचानको ठूलो वहस चलिरहेको छ, नाक, छाला र भाषाभाषीका आधारमा सरकार बन्ने बिग्रने गरेका छन् । तर यो सबैबीच रैथानेभाषाहरूलाई अंग्रेजीकरणले खर्लप्प निलेको छ ।

  • नेपालका राजनैतिककर्मीहरू चर्कोचर्को स्वरमा अधिकार र पहिचानको कुरा गर्छन्, तर व्यवहारमा आफ्नै धर्म, संस्कृति, भाषाआदिको जरो काट्ने क्रियाकलापहरूलाई खुलेआम सघाउँछन् । नेपाली भाषालाई गालीगलौज गर्न अंग्रेजीको प्रयोग गर्छन् । नेपालीलाई विस्थापित गरेर अंग्रेजी लाद्छन् । संस्कृतको विरोध गरेर के उनीहरूको मातृभाषा जोगिन्छ ?

  • अंग्रेजहरूलाई संस्कृतभाषासँग ठूलै रिस छ । किनभने संस्कृतसाहित्यमा भएका विशेषताहरूले जहिले पनि अंग्रेजी डोमिनेट हुन्छ । संस्कृतको जानकार कुनैपनि विद्वानले अंग्रेजीबाट ‘कोट’ गर्न सक्दैन ।

  • सबैले संस्कृतलाई मान्नैपर्छ भन्ने छैन । संस्कृतसँग सरोकार नभएकाहरूले संस्कृत पढ्नैपर्छ, जान्नैपर्छ भन्ने पूर्वाग्रह राख्नुहुँदैन । तर जुन माटोबाट संस्कृतको जन्म भएको हो, त्यसै माटोमा जन्म लिनेहरूले यसको विरोध गर्नु भनेको ‘आत्महत्या’ गर्नुसरह हो । ‘जुन थालमा खाइन्छ, त्यसैमा दूलो पर्नेहरू आमाका हत्यारा हुन् ।’

  • अंग्रेजी भाषा जान्नैपर्छ तर आफ्नो मौलिकभाषा मासेर अंग्रेजी सिक्नेपक्षमा मरिमेट्नेहरूमा नेपाली सबैभन्दा अगाडी छन् । नेपाल यस्तो दुर्भाग्यशाली देश हो जहाँका विद्यालयमा मातृभाषा बोल्दा विद्यार्थीले दण्डित हुनुपर्छ । आमाबुवाले पनि मातृभाषामा बोल्न प्रयत्न गर्ने आफ्नै बालबालिकालाई दण्डित गर्न विद्यालयहरूलाई उक्साउने गर्छन् ।

  • नेपाल होस् वा भारत संस्कृतप्रति घृणा फैलाउने काममा सबैभन्दा बढी राजनैतिज्ञहरूको भूमिका रहेको छ । साम्यवाद, पूँजीवाद, समाजवाद आदि खेमामा विभाजित राजनीतिको स्रोत विदेश हो । स्वभावतः विदेशीसोँच विकसित हुनुभनेको स्वदेशी विस्थापित हुनु नै हो । नेपालमा यस्तै भएको छ । राजनीतिज्ञहरू मिलेर स्वदेशीलाई विस्थापित गरेका छन् ।

  • संस्कृतजस्तो मौलिक र सबैविधामा सम्पन्न भाषालाई ‘पुरोहित्याई’को भाषाका रूपमा झार्ने काममा लोभीपुरोहितहरू र निर्लज्ज राजनैतिक व्यवस्थाको समान भूमिका छ । पुरोहितले आफ्नो लोभको लागि संस्कृत जान्नबाट अरूलाई रोक्ने अनि राजनीतिज्ञले संस्कृत बाहुनकोभाषा हो भनेर सर्वसाधारणलाई संस्कृतबाट विमुख बनाउने ?

  • मैले संस्कृत त अंग्रेजी दुवैभाषा पढेको छु । नेपाली मेरो मातृभाषा हो । संस्कृतलाई ‘बाहुनको भाषा हो, कर्मकाण्ड’को भाषा भएको आरोप लगाउनेहरूलाई खुला चुनौती छ– ‘संस्कृतलाई पुरोहितको भाषामात्र हो भनेर सिद्ध गर्नुहोस् ।’

  • सन् १५२३ भन्दा पहिला अंग्रेजीभाषामा केवल इसाईग्रन्थहरू लेखिन्थे, तर यही समयावधिसम्म संस्कृतभाषामा भने साहित्य, ज्योतिष, भूगोल, चिकित्सा, यहाँसम्म कि कामशास्त्र पनि लेखिएका थिए । संस्कृतको खेदोखन्नेहरूले संस्कृतको ‘स’सम्म जानेका हुँदैनन्, अंग्रेजहरूले अनुवाद गरिदिएको संस्कृतग्रन्थ अंग्रेजीमा पढ्नेहरूले मात्र संस्कृतको खैरो खन्छन् । सबै अनुवादहरू खराव छैनन् ।

  • संस्कृत पढेर, बुझेर संस्कृतको आलोचना गर्दा चित्त बुझाउनुपर्छ । तर अरूले भनेको आधारमा आफ्नै ‘आधार’ काट्नेहरू अन्धकारमा जकडिएका प्राणी हुन् । आफ्नै जरो काटिँदा खुसीहुने बज्रमूर्खहरूसँग के नै आशा राख्न सकिन्छ र ?

  • संस्कृतभाषालाई पहिचानविरोधी भएको आरोप लगाउनेहरू बज्रमूर्ख हुन्, यदि संस्कृत र संस्कृतसाहित्य पहिचनाविरोधी भएको भए नेपालबाट १२३ भाषाहरू र ती भाषाबोल्ने समुदायहरूको धेरै पहिले अन्त्य हुने थिएन र ? सन् २०१८ मा पनि यी सबैभाषाहरू र भाषाभाषीहरू जीवित छन् । संस्कृत सबैभाषाहरूको उत्थानको सहयात्री हो भन्ने यो नै बलियो प्रमाण होइन र ? संस्कृत सह–अस्तित्वको भाषा हो भने संस्कृतभाषा जान्नेहरू वैश्विकअस्तित्वमा विश्वास गर्ने हुन् ।

  • म आग्रह गर्न चाहन्छु, तपाईंले संस्कृतको निन्दा गर्नुस्, आलोचना गर्नुस् तर एकपटक संस्कृतभाषा बुझ्ने अवश्य प्रयत्न गर्नुस् । संस्कृत असजिलो भाषा पटक्कै होइन । हामीले दैनिक रूपमा प्रयोग गर्ने शब्दहरूमै राइछाई संस्कृत छ । हामीले खेल्दाखेल्दै, सुन्दासुन्दै संस्कृत सिक्न सकिन्छ । अलिकति परिश्रम गर्यौं भने विश्वको सबैभन्दा प्रगतिशील र धनी संस्कृत–साहित्यमा हाम्रो पहुँच बढ्छ ।

  • अंग्रेजी सिक्नुस्, चाइनिज सिक्नुस्, फ्रेन्च सिक्नुस्, जुनभाषा सिकेपनि राम्रै हो । यदि हामीले संस्कृतभाषा सिक्यौं भने हामीले आफ्नो बारेमा धेरै बुझ्नेछौँ । विश्वास गर्नुस्, यदि हामी–तपाईंले संस्कृतभाषा नपढी–नबुझी मर्‍यो भने विश्वको सर्वोत्तम र आफ्नै जरोकीलो नबुझी जीवन बिताएको अपराध गर्ने छौँ । असंस्कृत जीवन बिताएकोमा पछुताउने छौँ ।

  • अन्त्यमा, जाति, वर्ण, भूगोलआदिको बन्धनले संस्कृत उन्मुक्त छ । संस्कृतमा सबैको साझा अधिकारको भाषा हो । एकपटक संस्कृतको ज्ञान भएपछि तपाईं नै भन्नुहुने छ ‘संस्कृत सबैको साझाभाषा हो, जुन छुवाछुत तथा दासताको’ संस्कृतिबाट उन्मुक्त छ र सबैको कल्याणको कामना गर्छ । सबैलाई कर्तव्यशील भएर जीवन व्यतीत गर्न उत्प्रेरित गर्छ ।

साभारः नेपालपुर ।

प्रतिकृया

प्रतिकृया