काठमाडौँ । लगातार हिट फिल्म दिइरहेको जोडीका रुपमा लिन सकिने दिपक र दिपाले फेरि दुई नयाँ फिल्म बनाउँन लागेका छन् केही वर्षदेखि वर्षमा एउटा मात्र फिल्म निर्माण गर्दै आइरहेको उनीहरुले यस वर्षको दशैंमा फिल्म ुछक्का पञ्जा ३ु रिलिज गरेका थिए । जस्ले यो फिल्मको ठुलो सफलतापछि उनीहरु अर्को वर्षका लागि नयाँ नाममा एकसाथ दुई फिल्म बनाउँने भएका हुन् ।

दुई फरक टिमसँग सहकार्य गर्दै आमा सरस्वती मुभिजले दुई फिल्म निमार्ण गर्ने भएको हो । जसको पहिलो सहकार्य ‘गाजलु’ निर्माता रोहित अधिकारीसँग र दोस्रो हास्यटेलिसिरियल ‘भद्रगोल’ टिमसँग हुने भएको बताइएको छ ।

निर्माता अधिकारीसँग सहकार्य गरेर फिल्म निर्माण गर्ने पक्का भए पनि ‘भद्रगोल’ टिमसँग भद्र सहमती मात्र भएको हो । यदि सो निर्णय पक्का भयो भने ‘भद्रगोल’ टिमसँगको फिल्ममा भने ‘छक्का पञ्जा’ र ‘भद्रगोल’ का कलाकारहरु आमने-सामने हुनेछन् ।

प्रतिकृया

प्रतिकृया