समयमै कर नतिरेको भन्दै भारतको वस्तु तथा सेवा कर विभागले दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबूको बैंक खाता सरकारले रोक्का गरेको छ । महेश बाबूले १८।५ लाख रुपैयाँ बराबरको कर नबुझाए पछि विभागले कार्बाहीको रुपमा यो कदम चालेको हो ।

महेश बाबूले सन् २००७–८ मा गरेका आम्दानीको कर नबुझएपछि अहिले ब्याज र जरिवाना लगाएर ७३।५ लाख रुपैया तिनुपर्ने देखिएको छ । उक्त रकम असुल गर्नका लगि विभागले महेश बाबूको एक्सिस बैंक र आईसीआईसीआई बैङ्क गरी २ वटा खाता रोक्का गरेको हो ।

सन् २००७–८ मा महेश बाबूले कैयौं ब्राण्डका विज्ञापन तथा फिल्ममा अभिनय गरेर कमाएको रकमको कर तिरेका थिएनन् ।महेश बाबू दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता हुन् । साथै उनी दक्षिण भारतीय फिल्म उद्योगमा सर्वाधिक पारिश्रमिक लिने अभिनेतामध्येका एक हुन् । उनल दक्षिण भारतीय फिल्म उद्योगमा कैयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।

प्रतिकृया

प्रतिकृया