विगतमा विदेशी चलचित्र ल्याउने नाममा नेपालबाट अवैध रूपमा भारतलगायतका मुलुकमा हुन्डीमार्फत पैसा पठाउने गरिएको थियो । त्यसलाई पूर्ण रूपमा रोक्न बोर्डले राष्ट्र बैङ्मार्फत पैसा पठाउनुपर्ने नियम लागू गरेको हो । केही समयअघिबाट यो नियम लागू भएपछि विदेशी चलचित्र किन्न हुन्डीबाट पैसा पठाउने प्रवृत्ति रोकिएको छ । जसमा भारतीय सहयोग उल्लेख्य भएको जनाईएको छ ।


हेड्लाईन सम्वाददाता
पौष १६, काठमाण्डौ– नेपालको भारतसँगको खुला सीमानाको फाईदा उठाउँदै तेश्रो मुलुकबाट निर्वाध रुपमा विदेशी चलचित्र भित्र्याउने कार्य नेपाल र भारतबीचको सहमतिमा कडाई गरिने भएको छ । नेपालमा प्रदर्शन गरिने विदेशी चलचित्र नेपाल ल्याउँदा प्रयोग हुने हुन्डी प्रणालीलाई चलचित्र विकास बोर्डले नियन्त्रण गरेको छ । यस्तै, बोर्डबाट अनुमति नलिई नेपालमा विदेशी चलचित्रमा ल्याउन र प्रदर्शन गर्न नपाइने भएको छ । नेपालमा भारतीय नाका हुँदै विदेशी चलचित्र हुण्डीमार्फत भित्रिदैँ आएको थियो । विगतमा विदेशी चलचित्र ल्याउने नाममा नेपालबाट अवैध रूपमा भारतलगायतका मुलुकमा हुन्डीमार्फत पैसा पठाउने गरिएको थियो । त्यसलाई पूर्ण रूपमा रोक्न बोर्डले राष्ट्र बैङ्मार्फत पैसा पठाउनुपर्ने नियम लागू गरेको हो । केही समयअघिबाट यो नियम लागू भएपछि विदेशी चलचित्र किन्न हुन्डीबाट पैसा पठाउने प्रवृत्ति रोकिएको छ । जसमा भारतीय सहयोग उल्लेख्य भएको जनाईएको छ ।

चलचित्रका एक वितरकले बताएअनुसार केही समयअघिसम्म विदेशी चलचित्र ल्याउन यहाँका वितरकले भारतमा हुन्डीमार्फत पैसा पठाउने गरेका थिए । नेपालमा सिनेमा वितरणका लागि किनेर ल्याउने प्रावधान भए पनि पैसा पठाउने सहज प्रक्रिया नभएका कारण आफूहरूले विगतमा हुन्डीबाट पैसा पठाउने गरेको ती वितरकले बताए । बोर्डले वैधानिक माध्यमबाट मात्र नेपालमा विदेशी चलचित्र ल्याइनुपर्ने नियम लागू गरेपछि पछिल्लोसमय जस्ता पायो त्यस्ता विदेशी चलचित्र नेपाल आउन छाडेका छन् । नेपालमा विदेशी चलचित्रको आयात र प्रदर्शनका लागि व्यवस्थित बनाउन चलचित्र विकास बोर्डले अरू नियम पनि ल्याउन लागेको छ ।

‘सो नियमअन्तर्गत विदेशी चलचित्र ल्याउन सम्बन्धित वितरक कम्पनीले चलचित्र विकास बोर्डमा सम्बन्धित चलचित्रका बारेमा पूर्ण रूपमा लिखित जानकारी दिनुपर्छ, सम्बन्धित चलचित्र नेपाल ल्याउन विदेशको वितकर÷निर्मातासँग गरिएको सम्झौतापत्र पनि चलचित्र विकास बोर्डमा प्रस्तुत गर्नुपर्छ,’ चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले यसबारे भनिन्, ‘सम्बन्धित विदेशी चलचित्रको जानकारीपछि त्यसबारे अध्ययन र विदेशी चलचित्रको वितरकसँग गरेको सम्झौतापत्रका आधारमा विदेशी चलचित्र नेपाल ल्याएर प्रदर्शनको अनुमति चलचित्र विकास बोर्डले दिने गरेको छ ।’

यसरी चलचित्र विकास बोर्डले सम्बन्धित चलचित्रलाई नेपाल ल्याएर वितरण गर्न दिएको अनुमतिका आधारमा मात्र राष्ट्र बैङ्कले चलचित्र किन्नका लागि पैसा विदेश पठाउन अनुमतिसहित रकम पठाइदिने गरेको पनि अध्यक्ष पौडेलको भनाइ छ । उनकाअनुसार यस प्रक्रियाले चलचित्र खरिदमा विदेश गएको रकम र त्यस चलचित्रले नेपालमा कमाएको रकमबारे जानकारी हुनेहुँदा सो चलचित्रको व्यापार घाटा र नाफा स्पष्ट हुने गरेको छ । जसका कारण आयकर र भ्याटमा पनि सहजता भएको अध्यक्ष पौडेलको भनाइ छ । नेपाली चलचित्रका निर्माताको पहलमा विदेशी चलचित्र आगमनलाई व्यवस्थित गर्न यस्तो नियम लगाइएको नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।

‘विगतमा जस्तो पनि विदेशी सिनेमालाई महँगो मूल्यमा ल्याएको भन्दै घाटा देखाएर आयकर छल्ने गरेको समेत हामीले पायौं, नियम र प्रक्रिया पु¥याएर विदेशी सिनेमा ल्याउँदा विदेशी सिनेमाको मनलागी नेपाल आयात र प्रदर्शनीमा केही नियन्त्रण हुने अवधारणासहित हामीले वैधानिक प्रक्रियाबाट सिनेमा ल्याउनुपर्ने आवाज उठाएका हौं,’ निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भने ।

नेपालमा भारतीय चलचित्रको राम्रो बजार रहेको र विदेशी चलचित्र निर्वाध रुपमा नेपाल भित्रिँदा भारतीय निर्मातालाई बजार खुम्चाउनुपर्ने बाध्यताका कारण पनि भारत यस्तो खालको नियममा सकारात्मक देखिँदै सहयोग गर्ने अवस्थामा पुगेको छ । यसबाट द्विदेशीय सम्बन्धमा थप सुधार हुने सम्वद्ध विश्लेषकहरुको आँकलन छ ।

प्रतिकृया

प्रतिकृया