‘यहाँका नागरिक स्वास्थ्य उचारका लागि सीमाक्षेत्रका दरभङ्गा, वीरपुर, मधुवनी र पटनासम्म पुग्ने गरेका छन्,’ नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, ‘तर आँखा उपचारका लागि भने भारतीय नागरिक यहाँ आउनु सुखद्पक्ष हो । यसले यहाँ आँखाको भरपर्दो उपचार हुन्छ भन्ने सन्देश पनि दिएको छ ।’ भारतमा आँखा उपचार सेवा महँगो हुने, सेवा लिन झन्झटिलो र गुणस्तरीय नहुँदा नेपाल–भारत सीमाक्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिक आँखा उपचारका लागि नेपालमा खोलिएका आँखा अस्पतालमा आउने गरेको डा. झाको भनाइ छ ।


हेड्लाईन सम्वाददाता
पौष १७, काठमाण्डौ– नेपाल र भारतबीचको खुला सीमाका कारण दुईदेशको सम्बन्ध कसिला मात्रै छैन । जनस्तरमा समेत आपसी सम्बन्ध भाईचाराको सम्बन्ध छ । नेपालीहरु ठूलो रोग लागेमा जसरी भारतका विभिन्न अस्पताल धाउँछन्, त्यस्तै ढङ्गले भारतीय सीमावर्तीक्षेत्रका जनता नेपालमा उपचार गर्न आउँदछन् । जसको उदाहरण ४९ वर्षीया मकिया खातुनलाई देब्रे आँखामा मोतीयाविन्दु हुँदा यसपटकबाहिर जानुपरेन । उनी सीधै घरदेखि आधा किलोमीटर टाढा रहेको आँखा उपचार केन्द्रमा गएर शल्यक्रिया गराइन् र भोलिपल्ट निको भएर घर फर्किइन् ।

उनकै सल्लाहमा छिमेकी ६० वर्षीया मीनादेवी मण्डलले पनि मोतीयाविन्दुको शल्यक्रिया गराइन् र निको भएर घर फर्किएकी छन् । केही समय अघिसम्म आँखाको जाँच, औषधि र चश्मासम्मको सेवा मात्र प्रदान गर्दै आएको यहाँस्थित आँखा उपचार केन्द्रले अहिले आएर आँखाको जटिल रोगको उपचार र शल्यक्रिया सेवासमेत प्रदान गर्न थालेपछि खातुन र मण्डल मात्र होइनन् । जिल्लाका साथै नेपाल–भारत सीमाक्षेत्रका भारतीय नागरिक पनि उल्लेख्य सङ्ख्यामा उपचारका लागि आउन थालेका छन् ।

सेवा विस्तारसँगै आँखाका बिरामीको चाप ह्वात्तै बढेकाले जनशक्तिको अभाव महशुस गर्न थालिएको केन्द्रका प्रमखु डा. रामकुमार झाले बताए । यो खबर सप्तरी जिल्लाको हो । ‘पहिले–पहिले त दिनमा ९/१० जना बिरामी आउँथे तर अहिले सेवा विस्तारसँगै दैनिक सयदेखि २ सयसम्म बिरामी आउन थालेका छन्,’ डा. झाले भने, ‘बिरामीको चापसँगै शैय्या र प्राविधिक जनशक्तिको अभाव खड्किन थालेको छ । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा सञ्चालित राजविराज आँखा उपचार केन्द्र २० शैय्याको छ । तर, दैनिक सयदेखि २ सयसम्म बिरामी आउन थालेपछि समस्या भएको छ डा. झाले भने, ‘यसका लागि सम्बन्धित निकायबाट पहल हुनु जरुरी छ ।’

‘यहाँका नागरिक स्वास्थ्य उचारका लागि सीमाक्षेत्रका दरभङ्गा, वीरपुर, मधुवनी र पटनासम्म पुग्ने गरेका छन्,’ नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, ‘तर आँखा उपचारका लागि भने भारतीय नागरिक यहाँ आउनु सुखद्पक्ष हो । यसले यहाँ आँखाको भरपर्दो उपचार हुन्छ भन्ने सन्देश पनि दिएको छ ।’ भारतमा आँखा उपचार सेवा महँगो हुने, सेवा लिन झन्झटिलो र गुणस्तरीय नहुँदा नेपाल–भारत सीमाक्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिक आँखा उपचारका लागि नेपालमा खोलिएका आँखा अस्पतालमा आउने गरेको डा. झाको भनाइ छ ।

पहिले–पहिले त दिनमा ९÷१० जना बिरामी आउ“थे तर अहिले सेवा विस्तारसँगै दैनिक सयदेखि २ सयसम्म बिरामी आउन थालेका छन् । केन्द्रको तथ्याङ्कअनुसार सन् २०१८ को ६ महिनाको अवधिमा २७ हजार २०३ जना बिरामीको उपचार गरिएको छ । जसमध्ये ७ हजार २५५ भारतीय नागरिक छन् । यसै अवधि ६०२ जना बिरामीको मोतीयाविन्दुको शल्यक्रिया भएको छ । जसमध्ये १६४ जना भारतीय नागरिक छन् । यसरी बिरामीको चाप बढ्दै जाँदा प्राविधिक जनशक्ति, उपकरण र शैय्या थप्नुपर्ने डा. झाको भनाइ छ ।

‘सरकारी सहयोग शून्य छ, नेपालबाट अन्धोपन हटाउने हाम्रो अभियान र लक्षित वर्गले सर्वसुलभ मूल्यमा आँखा उपचारको सेवा पाउन सकोस् भन्ने सरकारको चाहना, दुबै पूरा गर्न राज्यबाट विशेष पहल हुनु जरुरी छ,’ उनले भने । केन्द्रको तथ्याङ्कअनुसार यहाँबाट सन् २०१५ मा २२ हजार ७०, सन् २०१६ मा २५ हजार ६६७, सन् २०१७ मा २६ हजार ४३६ र सन् २०१८ को हालसम्म १५ हजार १३८ जनाले उपचार सेवाप्राप्त गरेका छन् । आफ्नै गाउँठाउँमा यति राम्रो उपचार सेवा हुनु र बिरामीको चाप बढ्दै गएपछि अभाव महशुस गरिएका जनशक्ति, उपकरण, शैय्या र विपद्का लागि पावरयुक्त ट्रान्सफर्मर लगायतका साधनको व्यवस्थापन गर्न सरकारको ध्यान जानु जरुरी रहेको सार्वजनिक सरोकार केन्द्र सप्तरीका अध्यक्ष एवं कानुन व्यवसायी रामकुमार यादवको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया