काठमाडौँ । शृङ्खला खतिवडालाई राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको छ । बुधवार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको हो ।

बैंकले युवा जनशक्तिलाई प्रोत्साहन मिल्ने भएकोले उनलाई ब्याण्ड एम्बास्डर बनाइएको बैंक प्रमुख श्रेष्ठले जनाएका छन् । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास समेत श्रेष्ठले जनाएका छन् ।

प्रतिकृया

प्रतिकृया