धनगढी प्रिमियर लिग टि(२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेलाडी बोलकबोल९अक्सन० सम्पन्न भएको छ।

अक्सनबाट ६ जना सर्बाधिक मुल्यमा बिक्री भएका छन्। रुपेन्देही च्यालेन्जर्सले ललितसिंह भण्डारी र विनोद भण्डारीलाई सर्बाधिक २ लाख ५० हजार मुल्य हालेको छ।

यस्तै आरिफ सेखलाई महेन्द्रनगर यूनाइटेडले पनि अधिकतम मुल्य९२ लाख ५० हजार० हालेको छ भने ललितनारायण राजवंशीलाई काठमाडौं किग्सले २ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ।

पवन सर्राफलाई धनगढी स्टार्सले २ लाख ५० हजार रुपैयाँ खर्चा गर्दा भीम सार्कीलाई अधिकतम मुल्य९२ लाख ५० हजार०मा लिन धनगढी, रुपेन्देही, अत्तरिया र विराटनगरले बोली लगाएका थिए। गोलाप्रथामा रुपेन्देहीले बाजी मारेको थियो।

यी बाहेक प्रदीप ऐरीलाई रुपेन्देहीले नै २ लाख ४० हजार हालेको छ। सन्दीप जोरालाई सिवासी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको छ। काठमाडौं, महेन्द्रनगर, सिवाइसी अत्तरिया र धनगढी बीच सन्दीपलाई अनुबन्ध गर्न प्रतिस्पर्धा चलेको थियो।

अन्य महँगा खेलाडीहरुमा अविनाश बोहरालाई महेन्द्रनगरले १ लाख ७० हजार, विक्रम भुषाललाई काठमाडौंले १ लाख ६० हजारमा, सन्दीप सुनारलाई रुपेन्देहीले १ लाख १० हजारमा, कुशल भर्तेललाई विराटनगरले १ लाख ६० हजारमा र आसिफ सेखलाई एक लाख ८० हजारमा खरिद गरेको छ। यस्तै धनगढीले अमित श्रेष्ठलाई १ लाख ८० हजार तथा सौरभ खनाललाई १ लाख ६० हजारमा अनुबन्ध गरेको छ।

माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन्। खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन्।

विराटनगर किंग्स

कुशल भुर्तेल १ लाख ६० हजार

अर्जुन अधिकारी ३० हजार

किशोर महतो १ लाख

मोहम्मद सांम्सद शेख ७५ हजार

राजेश पुलामी मगर ७५ हजार

मोहम्मद आसिफ शेख १ हजार ८० हजार

पृथु बास्कोटा १ लाख २० हजार

हरिशंकर शाह ९० हजार

सुशान भारी १ लाख

अमृत गुरुङ ३० हजार

महेन्द्रनगर यूनाइटेड

अविनाश बोहरा १ लाख ७० हजार

आरिफ सेख २ लाख ५० हजार

अमरसिंह रौटेला १ लाख २० हजार

सागर ढकाल १ लाख

दीपेन्द्र चन्द ३० हजार

दीलिप नाथ७५ हजार

रोहित पौडेल २ लाख ३० हजार

सहाब आलम ६० हजार

सन्तोष भट्ट ३० हजार

सिद्धान्त लोहनी ७० हजार

कुशल मल्ल ५० हजार

धनगढी स्टार्स

दीपेश श्रेष्ठ ८० हजार

सौरभ खनाल १ लाख ६० हजार

विपिन खत्री ९५ हजार

हरिबहादुर चौहान ९५ हजार

अमित श्रेष्ठ १ लाख ८० हजार

राजु रिजाल ७५ हजार

रोविन क्षेत्री  ३५ हजार

सुनिल धमला १ लाख ८० हजार

पवन सर्राफ २ लाख ५० हजार

रुपेन्देही च्यालेन्जर्स

ललितसिंह भण्डारी २ लाख ५० हजार

प्रदीप ऐरी  २ लाख ४० हजार

पुरन विक  ४० हजार

सन्दीप सुनार  १ लाख १० हजार

अनिल खरेल ३० हजार

सुमित महर्जन ७५ हजार

विनोद भण्डारी २ लाख ५० हजार

कृष्ण कार्की १ लाख

सुरज दराई ३० हजार

विक्रम सोब  ६० हजार

भीम सार्की २ लाख ५० हजार

काठमाडौं गोल्डेन्स

विक्रम भुषाल १ लाख ६० हजार

अविनव यादव ३० हजार

रासिद खान १ लाख ७० हजार

ललितनारायण राजवंशी २ लाख ५० हजार

नन्दन यादव ५० हजार

अनिलकुमार साह १ लाख ७० हजार

सोनु तामाङ  ६५ हजार

सुर्य तामाङ ५० हजार

योगेन्द्रसिंह कार्की ७० हजार

सिवाइसी अत्तरिया

जितेन्द्रसिंह ठकुरी ७५ हजार

भुवन कार्की  २ लाख १० हजार

दीपेन्द्र रावत ३० हजार

प्रेम तामाङ ५० हजार

आदिल अन्सारी ३० हजार

रामनरेश गिरी ७५ हजार

सन्दीप जोरा २ लाख ३० हजार

खगेन्द्र जोशी ३० हजार

सुवेन्दु पाण्डे ५० हजार

प्रतिकृया

प्रतिकृया