काठमाडौँ । चर्चित उपन्यासकार सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित चलचित्रको ट्रेलर सार्वजनीक भएको छ । मुस्कान ढकालले निर्देशन गरेको चलचित्र नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको छ ।

चलचित्रमा सायाको भूमिकामा नव–नायिका रेवती क्षेत्री छन् भने सुरजसिंह ठकुरी, नव–नायक आशिष पिया, नायिका नम्रता सापकोटाको साथमा शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकको मुख्य भूमिका रहेको छ ।

सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यारज तिमिल्सिनाको पटकथा, सामिप्य र सुविनको कथा छ । चलचित्र खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निमार्ण गरेका हुन् । त्यसतै सोपन सरकार र मनोज वीके सह–निर्माता छन् भने विनोद अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन्

चलचित्रमा संजय लामाको डीओपी९डिरेक्टर अफ फोटोग्राफी०, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिकृया

प्रतिकृया