विश्व बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सन् २०२२ सम्म कार्यकाल बाँकी रहेका अध्यक्ष जिम योङ किमले पदबाट राजीनामा दिएका हुन्। ६ वर्षदेखि विश्व वैकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका ५९ बर्षीय अध्यक्ष किमको फेब्रुअरी १ तारिखदेखि राजीनामा लागू हुने बताइएको छ ।

विश्व बैंकका अनुसार अध्यक्ष किम राजनीमापछि अल्पविकशित देशको पूर्वाधार विकासका लागि लगानी जुटाउनेसम्बन्धी काममा संलग्न हुने उनी छन् । उनको राजनीमा लगत्तै कायममुकायम अध्यक्षको जिम्मेवारी बैकका प्रमुख कार्यकारी अधिकृत कृष्टालिना ग्रोभिएभालाई दिइने सम्भावना रहेको छ ।
उनले कुनै कारण नखुलाई आश्चर्यजनक रुपमा राजीनामा दिएका छन् । अध्यक्ष किम १ वर्ष अघि दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।

प्रतिकृया

प्रतिकृया