काठमाडौँ । भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति भारत भ्रमणमा निस्केका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणमा गएका हुन् ।

शुक्रबार विहान श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजनाको साथमा उनी भारत भ्रमण गएका हुन् ।
भ्रमणका क्रममा दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने र आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेकार्यक्रम रहेको बताइएको छ ।

प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट भोलि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिकृया

प्रतिकृया