काठमाडौं । नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गरिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने नसकिने बताउँदै सो निर्णय गरिएको बताएका छन् ।

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले लिखित परीक्षा पास गरेर आएका समाचार वाचकहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको उल्लेख गर्दै केहीलाई करारमा राखेर त्योे आवश्यक्ता पूर्ति गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । समावेशीतालाई असर नपर्ने गरी त्यो व्यवस्था गर्ने सञ्चारमन्त्री बाँस्कोटाको योजना छ ।

बैठकमा समितिका सदस्यहरुले नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन र जनतामा सहज पहुँच पु¥याउने योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रतिकृया

प्रतिकृया