विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।

केन्द्रीय सदस्य मध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएको एक केन्द्रीय सदस्य डा अनुसा थापाले जानकारी दिइन्।

संयोजक थापा केन्द्रीय सदस्य रञ्जु दर्शना, मिलन पाण्डे, रमेश पौड्यालसहित आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन्।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।

प्रतिकृया

प्रतिकृया