ट्वीटमा लेखिएको छ, ‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान । नेपालको भारतसँगको सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो ।’ प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोबिन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे


हेड्लाईन सम्वाददाता
पौष ३०, काठमाण्डौ– नेपाल र भारतबीचको सम्बन्ध यति न कसिलो छ, दुबै मुलुकका प्रधानसेनापति एक–अर्का देशको मानार्थ प्रधानसेनापति दिने प्रचलन छ । साथै, दुबै मुलुकमा एक–अर्काे देशको भाषा पनि प्रयोगमा ल्याईएको छ । भर्खरै मात्र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोबिन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । साथै सोको जानकारी राष्ट्रपति कार्यालयको आधिकारिक ट्विद गर्नु भएको छ ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा यो दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । साथै भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डल ‘प्रेजिडेन्ट अफ् इन्डिया’ बाट अंग्रेजी र हिन्दीका साथै नेपाली भाषामा पनि ट्वीट गरिएको छ ।

ट्वीटमा लेखिएको छ, ‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान । नेपालको भारतसँगको सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो ।’

नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान र नेपालको भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरेका हुन् ।

नेपाली तथा भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

प्रतिकृया

प्रतिकृया