हेड्लाईन सम्वाददाता
पौष ३०, काठमाण्डौ– नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारका ६२ कार्यालयका अधिकारीहरुलाई लक्षित गरी भारतीय प्राविधिक तथा आर्थिक सहयोगका लागि (आईटीईसी) सम्बन्धी प्रशिक्षण दिने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतका अधिकारीहरूको लागि ‘सार्वजनिक वित्तीय व्यवस्थापनमा वैश्विक परिपक्वता’ सम्बन्धी प्रशिक्षण दिएको छ ।

यसअघि नेपालले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत यी सम्वद्ध कर्मचारीहरुलाई यस किसिमका प्रशिक्षण् दिन अनुरोध गरेको थियो । अर्थ मन्त्रालयको आश्वयकताअनुसार उक्त कार्यक्रम डिजाइन गरिएको बताईएको छ । सरकारी लेखा र वित्तसम्बन्धी कार्य गर्ने निकायका कर्मचारीहरुलाई लक्षित गरी हुन लागेको कार्यक्रमले ई–भुक्तानी प्रणाली, लेखाङ्कन र नगद व्यवस्थापन, सार्वजनिक बुझाएको प्रणाली, विदेशी ऋण र अनुदान र भुक्तानी, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखा परीक्षण, वित्तीय जिम्मेदारी र बजेट व्यवस्थापनसँग सम्बन्धित वैश्विक अभ्यासहरूमा प्रशिक्षण दिएको हो । चालू वर्ष २०१९ को जनवरीदेखि प्रशिक्षण कार्यक्रम भारतको राजधानी नयाँदिल्लीस्थित आईएनजीएएफमा भईरहेको छ ।

आईएनजीएएफ नयाँदिल्लीमा रहेको सार्वजनिक वित्तीय प्रबन्धनक्षेत्रमा राज्य सरकारको एक प्रमुख प्रशिक्षण संस्थान हो । अत्याधुनिक शिक्षण सुविधासहितको उक्त संस्थालनमा भारतभित्रै पनि आन्तरिक लेखा परीक्षणसम्बन्धी प्रशिक्ष्ण चल्दै आएको छ । संस्थानलाई फ्लोरिडा, अटलान्टा स्कूल पब्लिक पोलिसी, ड्यूक विश्वविद्यालय, प्रबम्धन विकास संस्थान (एमडीआई) गुड़गाउँलगायत भारतीय संस्थान प्रबन्धन, बेङ्लोर प्राप्तको समेत सहयोग रहेको छ ।

नयाँदिल्लीमा भईरहेको प्रशिक्षणमा अफगानिस्तान, बङ्गलादेश, भूटान, माल्दिभ्स्, श्रीलङ्काका अधिकारीहरुको समेत प्रशिक्षण भईरहेको जनाईएको छ ।

प्रतिकृया

प्रतिकृया