हेड्लाईन सम्वाददाता
माघ २८, काठमाण्डौ– अर्थ मन्त्रालयअन्तर्गत २० जना अधिकृतको दोश्रो समुहले पनि भारतमा सरकारी लेखा तथा वित्तीय संस्थाद्वारा सञ्चालित वित्तीय व्यवस्थापनको ग्लोबल प्रक्ष्येपण तालिममा सहभागिता जनाउने भएका छन् । भारतीय प्राविधिक तथा आर्थिक निगमअन्तर्गत तालिम कार्यक्रम आगामी फेब्रअरी ११ देखि शुरु हुँदैछ ।

कार्यक्रममा अर्थ मन्त्रालयका ६२ अधिकृतहरु सामेल हुनेगरी तालिम आयोजना गरिएको हो । पहिलो समुहका २० अधिकृतहरुले १० दिने तालिम गत २४ जनवरीमा ई–भुक्तानी प्रणाली, लेखा तथा नगद व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, आर्थिक उत्तरदायित्व तथा व्यवस्थापन, बाह्य ऋणलगायत पेन्सन भुक्तानीसम्बन्धीको तालिम सम्पन्न भएको थियो ।

प्रतिकृया

प्रतिकृया