‘निजगढमा सुतिरहेको साहित्यलाई ब्युझाउनु पर्यो भनेर ‘आशालाग्दा कलिला छन्दकवि’को रुपमा परिचय बनाएका कवि सुदेश फाल्गुण ०४ गते त्यसतर्फ जाँदै ।’


हेड्लाईन सम्वाददाता
माघ २८, निजगढ– बहुचर्चित एवम् छन्दकवि सुदेश सत्याल आगामी फाल्गुण ०४ गते बाराको निजगढ जाँदैछन् । निजगढमा हुन लागेको कविता वाचन कार्यक्रममा प्रमुख व्यक्तिको रुपमा सहभागिता जनाउन उनी त्यसतर्फ जान लागेका हुन् ।

निजगढ काव्य समाजले आयोजना गरेको ‘सुदेशसँग निजगढ’ कार्यक्रममा प्रमुख कविता वाचकको रुपमा सुदेश त्यसतर्फ जानेछन् । निजगढमा पहिलोपटक हुन लागेको कविता वाचन कार्यक्रममा पछिल्लोसमय लोकप्रिय तथा ‘आशालाग्दा कलिला छन्दकवि’को रुपमा परिचय बनाएका कवि सुदेशले आफ्ना दर्जन बढी रचना वाचन गर्दैछन् ।

निजगढ नगरपालिका वडा नम्बर ०४ को सहयोगमा सम्पन्न हुने उक्त कार्यक्रममा श्रोताहरुको पनि उल्लेख्य सहभागिता हुने कार्यक्रमका संयोजक अजय उप्रेतीले बताएका छन् ।

कार्यक्रमका संयोजक अजयले निजगढमा साहित्य गतिविधि सुत्दै गएको हुँदा, यस्तो खालको कार्यक्रम आयोजना गर्नुपरेको बताएका छन् ।

‘निजगढमा सुतिरहेको साहित्यलाई ब्युझाउनु पर्यो भनेर कार्यक्रम गरेका हौं,’ उनले भने ।

कार्यक्रम फाल्गुण ०४ गते उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने आयोजकले बताएको छ ।

प्रतिकृया

प्रतिकृया