काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गर्ने भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए

उनका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नेछन् । सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता हुनेछ ।

प्रतिकृया

प्रतिकृया