एजेन्सी ।मणिकर्णिका फिल्मको सुटिङको एक दृश्य जसमा शत्रुप्रति आक्रामक देखिएकी कंगनाले लडाइंमा प्रयोग गरेकोे घोडा सक्कली नभै नक्कली भएको भिडियो बाहिरिएपछि कंगना ट्रोलको सिकार भएकी छन्। झाँसीका रानी लक्ष्मी बाईको कथामा बनेको फिल्म मणिकर्णिकामा शसक्त अभिनय गरेकी कंगना यतिखेर हाँसोको पात्र बनेकी छिन् ।

 

शुटिङदेखि नै कंगना र अन्य निर्देशक बिच विवाद बढेको जसको कारण एक पछि अर्को गर्दै निर्देशकहरुले फिल्मबाट हात झिकेपछि कंगना स्वयंले यस फिल्मलाइ निर्देशन गरेकी थिइन् । झाँसीका रानी लक्ष्मी बाईको भूमिकामा देखिएकी कंगनाको फिल्म ‘मणिकर्णिका’ ९द क्वीन अफ झासी०ले बक्स अफिसमा धमाका मच्चाउन सफल रहेको थियो। कंगनाले गरेको अभिनय र यस फिल्ममा उनले दिएका एक्सनहरुलाई लिएर वाहवाही बटुलेकी थिइन् तर जव सार्वजनिक भएको भिडियोमा उनले दौडाएको सो घोडा असली नभई नक्कली भएको देखिएपछि उनलाई ब्यंग्यको पात्र बनाइएको छ ।

प्रतिकृया

प्रतिकृया