काठमाडौँ । फिल्म ‘पसिना’को ‘सुनैको दरबार’ बोलको गीत गीत सार्वजनिक गरिएको छ ।

अभिनेत्री छुल्ठिम डोल्मा गुरुङकोले नृत्य गरेकी फिल्मको गीतमा मिना पोखरेल निरौलाले स्वर दिएकी छन् । फिल्ममा आर। बि खत्री ‘शरद’को लेखन तथा निर्देशन रहेको छ भने शान्ता ढकाल, राम बहादुर खत्रीले निर्माण गरेका हुन्।

गीतमा संगीत दिपक शर्माले भरेका छन् । कोरियोग्राफी राजिव समिरको रहेको छ । फिल्मको छायांकन राम केसीले गरेका छन् भने नविन निरौला र भरत रेग्मीले सम्पादन गरेका हुन् ।

वैशाख २७ गतेबाट रिलिज हुने फिल्ममा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया

प्रतिकृया