काठमाडौं ।महानायक राजेश हमाल सन्तोष सेनको ‘प्रेम गीत’ सिरिज फिल्ममा अनुबन्धित भएका छन् । निर्माता सेनको ‘प्रेम गीत–३’ मा हमाल अनुबन्धित भएका हुन् । जानकारीमा आए अनुसार यो फिल्ममा अभिनेता हमाल अर्का अभिनेता प्रदीप खड्काको बुबाको भुमिकामा देखिने भएका छन् ।
यो फिल्मको लागि अभिनेता प्रदीप खड्का फाइनल भइसकेका छन्, भने अर्को अभिनेता हमालसँग निर्माण पक्षले कुरा गरिरहेको छ । यो फिल्मको लागि मुख्य अभिनेत्री पनि फाइनल गरिएको छैन ।

निर्माण पक्षका अनुसार यो फिल्ममा पनि नयाँ अनुहारको खोजी भइरहेको छ । यो फिल्मलाई छेतन गुरुङले निर्देशन गर्ने भएका छन् ।

प्रतिकृया

प्रतिकृया