एजेन्सी । उत्तरकोरियाले पुनः आणविक गतिविधि सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँग पुनः वार्ता गर्न इच्छा देखाएका छन् ।

भियतनाम वार्तामा सहमति जुट्न नसकेपछि आणविक गतिविधि सुरु गरेको उत्तरकोरियासँग निशस्त्रीकरणबारे वार्ता गर्न पुनः तयार रहेको ट्रपले जनाएका हुन् ।
यसै हप्ता दुईवटा अमेरिकी निरीक्षक एजेन्सी र सिओलका खुफीया अधिकारीले उत्तर कोरियाले फेरि आफ्नो रकेट परीक्षण स्थल निर्माण गरिरहेको दाबी गरेका थिए ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले प्योङयोङका प्रत्येक क्रियाकलापमाथि ध्यानपूर्वक नजर राख्ने छन् ।

यता अमेरिकी विभागले पनि उत्तर कोरियासँग छिटो भन्दा छिटो वार्ता गर्नमा जोड दिइरहेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया