काठमाडौँ । नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीहरुलाई भारतमा तालिम सुरु भएको छ । “राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण” विषयक पाँच दिने विशेष तालिम भारतको फरीदाबाद स्थित ‘National Academy of Customs, Indirect taxes and Narcotics (NACIN)’ मा आइतबारबाट सुरु भएको हो ।

भारत सरकारको पूर्ण सहयोगमा “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम”सञ्चालन भएको हो, जस अन्तर्गत राजस्व अनुसन्धान विभाग, नेपालका कूल ५० कर्मचारीहरुलाई तालिम दिईनेछ । त्यस्तै विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा आफ्नो तालिम २०७५ चैत्र ११ गते देखि लिने छन् ।


राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन यस तालिमले सहयोग गर्नेछ जसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप उर्जा मिल्ने विश्वास गरिएको छ ।
भारत सरकारको शीर्ष तालिम संस्था NACIN ले अप्रत्यक्ष कर संकलन तथा औषधी कानुन प्रवर्तनको क्षेत्रमा काम गर्ने गर्छ । विश्व भन्सार संगठन एसियारप्रसान्त क्षेत्रका लागि यो संस्था मान्यता प्राप्त क्षेत्रीय तालिम केन्द्रको रुपमा रहेको छ । त्यसकासाथै यस संस्थालेUNEP, UNODC, SAEC जस्ता अन्तराष्ट्रिय संगठनहरुसँगसमेत काम गर्दछ । NACIN ले १८ आञ्चलिक तथा क्षेत्रीय तालिम संस्था तथा एक विशिष्ट केन्द्र मार्फत भारतको फरीदाबाद स्थित प्रधान कार्यालयसँग मिलेरसेवा विस्तार गरेको छ ।

प्रतिकृया

प्रतिकृया