काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद अवरुद्ध गरेको छ । टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो ।

बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गर्दा पनि सरकारले आवश्यकता महसुस भयो भने सार्वजनिक गर्ने भन्नेजस्तो स्वेच्छाचारी अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिकृया

प्रतिकृया