काठमाडौँ । भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गर्न भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको बैठक २०७५ फाल्गुण २७ गते काठमाडौैंमा सम्पन्न भएको छ । बैठकमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गरिएको छ ।

 

भारत सरकारको २५० मिलियन डलर अनुदानमा यी क्षेत्रहरुको पुनर्निर्माण भइरहेको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका उत्तर डेस्क सह–सचिव सुधाकर दलेलाले गर्नुभएको थियो ।


गोर्खा तथा नुवाकोट जिल्लाका सामाजिक प्राविधिक सहजीकरण परामर्शदाता युएनडीपी तथा युएनओपीएसले पुनर्निर्माणमा भएको प्रगतिका साथै दुई जिल्लाका लाभग्राहीहरुलाई प्रदान गरिदै आएको सहजीकरण बारे प्रतिवेदन प्रस्तुत गरेको थिए । पुनर्निर्माण परियोजनामा भएको सम्झौता पश्चात दुवै पक्षको संयुक्त प्रयासद्वारा आवास क्षेत्रमा एथेष्ट प्रगति भएको कुरा दुवै पक्षले स्वीकार गरेको छ ।

त्यस्ते बैठकमा शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका विषयमासमेत छलफल भएको थियो । बैठकको निचोडले दुवै पक्ष बीच सबै क्षेत्रका प्रगतिलाई द्रुत गतिमा अघि बढाउने सहमति निकालेको छ ।


नेपाली पक्षले भारत सरकारद्वारा नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण परियोजनामा गरेको सहयोगको सराहना गर्दै पुनर्निर्माण परियोजनाको कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन सँगै काम गर्न पनि सहमति जनाएको छ ।
आपसी अनुकुल मितिमा भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको अर्को बैठक बस्नेछ ।

प्रतिकृया

प्रतिकृया