काठमाडौं । पछिल्लो समय सबै राजनीतिक दलको आधिकारिक धारणा बुझन कठिन बन्न थालेको छ । पार्टी नेतृत्वको अभिव्यक्ति र पार्टीको आधिकारिक धारणा नै फरक–फरक हुँदा राजनीतिक दलप्रति नैराश्यता बढ्दै गएको छ । सञ्चारमाध्यममा चर्चित बन्ने होडमा नेता र पार्टीले दिने धारणा फरक हुँदा अधिकांश दलका नेता हाँसोका पात्र बन्ने गरेका छन् ।
मुलुकमा पछिल्लो समय राजनीतिक घटनाक्रम छिटो भन्दा छिटो परिवर्तन भइरहेको छ । राजनीतिक घटनाक्रमसँगै राजनीतिक दलका नेताको पनि अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, नेताको अभिव्यक्ति र पार्टीको धारणा मै आकाश जमिनको अन्तर देखिन थालेको छ । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार र सीके राउतबीचको सम्झौतालाई सकरात्मक भनेर टिप्पणी गरे ।
त्यसको केही दिनमै देउवाले सरकारले चन्द समूहमाथि लगाएको प्रतिबन्धको समेत प्रशंसा गर्न भ्याए । तर, देउवाले आफ्नो धारणा राख्दै गर्दा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुवै निर्णयमाथि पार्टीको असन्तुष्टी रहेको जनाए ।

यी प्रतिनिधि उदाहरण मात्रै हुन् । तर, सभापतिको धारणा आधिकारिक नभएको र पार्टीको आधिकारिक धारणा प्रवक्ताले सार्वजनिक गर्ने तर्क कांग्रेस नेता विश्वप्रकाश शर्माको छ ।

यता, नेकपा भित्र पनि यस्तै किसिमको समस्या देखा परेका छन् । पार्टीको तहबाट भएरगरेका निर्णयलाई नेकपाका नेताले आफ्नै ढंगले सञ्चारमाध्यममा अभिव्यक्ति दिने गरेका छन् । दलभित्र फरक–फरक विचार समुह भएका कारण पनि फरक–फरक धारणा सार्वजनिक हुने गरेको नेकपा नेता बताउँछन् ।
सत्तारुढ र प्रतिपक्ष बाहेक अन्य दलमा यही किसिमको समस्या छ । मुख्य नेताले समेत आफनो स्वार्थ अनुसारको निणर्य गर्ने र आफना गुट समुहकालाई बाहेक अरुलाई खासै जानकारी नदिँदा समस्या हुने गरेको जानकारहरु बताउँछन् ।

राजनीतिक दलका धारणालाई नै आधिकारिक हो वा होइन भन्न दुई पटक सोच्नु पर्ने अवस्था सिर्जना हुन थालेको छ । सार्वजनिक समारोहमा नेताले गरेका प्रतिबद्धता कति विश्वासिला होलान् रु प्रश्न उठ्नु स्वभाविक हो ।

प्रतिकृया

प्रतिकृया